Saturday, December 3, 2022
Home > समाचार > भर्खरै आयो ३३ किलो सुन काण्डको यस्तो खबर

भर्खरै आयो ३३ किलो सुन काण्डको यस्तो खबर

माेरङ / बहुचर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई उच्च अदालत विराटनगरले बिहीबार धरौटीमा छाड्न आदेश दिएको छ । मुद्धाका अभियुक्तहरु मदन सिलवाल र संजय खेतान भनिने प्रभात अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त इजलासले अग्रवाल र सिलवालसंग जनही पाँच÷पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । अभियुक्तहरु अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहन पर्ने जिल्ला अदालत मोरङको आदेश रितपूर्वक नभएकोले धरौटीमा बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

Leave a Reply