Saturday, December 3, 2022
Home > समाचार > छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै धर्ना बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य बारे आयो यस्तो दुखको खबर – सक्दो शेयर गर्नुहोस

छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै धर्ना बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य बारे आयो यस्तो दुखको खबर – सक्दो शेयर गर्नुहोस

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढी समय बितिसक्दा समेत हत्यारा पत्ता नलगाएको भन्दै निर्मलाका आमाबुबाले अनिश्चितकालिन धर्नामा बसेका हुन् ।

छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई हाल सम्म कार्बाही नगरेको भन्दै धर्नामा बस्ने निर्णय लिएको उनको परिवारले जनाएको छ । निर्मला बलात्कार पछि भएकाे हत्याको बिषयमा न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना बसेको निर्मलाका बुबा यज्ञराज पन्तले जनाए ।

घटनाको निश्पक्ष छानविनकाे लागि विभिन्न समिति उपसमिती बनेका भए पनि उनीहरुले दोषी पत्ता लगाउन सकेका छैनन् । यस अघि गृहमन्त्रालयले घटनाको छानविनमा लापरबाही गरेको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलाई बर्खास्त गरिसकेको छ ।

१३ वर्षिया निर्मलाको हत्यारा पत्तालगाउन माग गर्दै धर्नामा बसेका बुबाआमाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

Leave a Reply