Saturday, March 6, 2021
Home > समाचार > जब प्रहरी जस्तो जिम्मेवार मान्छेले नै यस्तो गर्न थालेपछि , एक चोटी अवस्य पढेर शेयर गर्नुहोस

जब प्रहरी जस्तो जिम्मेवार मान्छेले नै यस्तो गर्न थालेपछि , एक चोटी अवस्य पढेर शेयर गर्नुहोस

रौतहट — मादक पदार्थ सेवन गरी होहल्ला र दुर्व्यवहार गरेको आरोपमा ईलाका प्रहरी चन्द्रनिगाहपुरले नेपाली सेनाका ४ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ परेकाहरुले कार्यालयभित्रै सुरक्षाकर्मीलाई गालीगलौज गरेका थिए । उनीहरुलाई साँझ सेनाको ईन्द्रबक्स गणले लगेको थियो ।चन्द्रपुर-५ स्थित देउराली चोकको एक होटलमा मदिराले लठिएका सेना दिलबहादुर शाही,रमेश राना,

सुरेन्द्र भण्डारी, मानबहादुरले होटल सञ्चालकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले स्थानीयलाई गालीगलौज गरेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरु सर्लाहीको नवलपुरस्थित रणशेर गणमा कार्यरत हुन् । पक्राउ गरी कार्यालय ल्याइएका सेनाले ईलाकाका डिएसपी शान्तिराज कोइरालालाई समेत गालीगलौजको प्रयास गरेका थिए ।

होटलबाट हत्कडी लगाएर ल्याइएका सेनाले प्रहरी कार्यालयभित्र केहीबेर होहल्ला गरेको प्रहरीले जनायो । प्रहरीले स्वास्थ्य परीक्षण गराउन खोज्दा सकेनन् । सेनाका अधिकृत आएर मेडिकल गराई कारबाही गर्ने भनिएपछि प्रहरीले जिम्मा लगाएको थियो । त्यसअघि प्रहरी कार्यालयभित्र केहीबेर तनाव भएको थियो । हिरासतमा रहेको सेनाले प्रहरी कर्मचारीलाई भित्रै धम्क्याएका थिए । मादक पदार्थ सेवन गरेका सेनाले गालीगलौज गर्दा प्रहरी चुप बसे । त्यसपछि चन्द्रनिगाहपुरमा रहेको ईन्द्रबक्स गणले नियन्त्रणमा लिई लगेको प्रहरीले जनायो । प्रहरी कार्यालय परिसरमा होटलमा खाएको २ हजार रुपैयाँ सेनाले तिरेको थियो ।

चन्द्रपुर-९ स्थित सिन्धुरेघारीमा सञ्चालित सेनाको तालिमका उनीहरु शिक्षार्थी हुन् । रणशेर गणका गणपति कर्णेल मिनराज तिवारीले सेनाका जवान पक्राउबारे जानकारी पाएको बताए । ‘मैले पनि जानकारी पाएको छु,’ उनले भने, ‘के भएको हो बुझ्दै छु । गल्ती गरेको पाइए कारबाही हुन्छ ।’ सेनाका जवानले केहीबेर नेपाल बैंक लिमिटेड अगाडि समेत होहल्ला गरेका थिए । बैकको एटिएमबाट रकम ननिस्केपछि उनीहरुले होहल्ला गरेका हुन् । त्यसै बेला बैंकका प्रबन्धकले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *