Sunday, July 11, 2021
Home > भिडियो > राजेश हामालले सरकार र राजनीतिज्ञहरूलाई यसरी झपार्दै राम्रोसँग सबक सिकाए… (हेर्नुस् भिडियो)

राजेश हामालले सरकार र राजनीतिज्ञहरूलाई यसरी झपार्दै राम्रोसँग सबक सिकाए… (हेर्नुस् भिडियो)

सबैमा नमस्कार, केहि दिन अगाडि मैले ब्रिटिश पार्लियामेन्टमा भएको एउटा छलफलको कार्यक्रमलाई हेर्ने मौका पाएको थिएँ । त्यस पार्लियामेन्ट्मा त्यहाँका संसदहरूले उपप्रधानमन्त्रीलाई भनेका थिए, हाल नेपालले कोभिडको नयाँ भेरियन्टको सामना गर्नु परिरहेको छ, त्यसको लागि ब्रिटिश सरकारले के कस्तो सहयोग गर्न सक्छ, अहिले भैरहेको सहयोग पर्याप्त छ कि छैन,अब थप के कसरी सहयोग गर्ने भन्ने विषयमा कुरा उठाएका थिए।

संसदहरूले नेपाल र बेलायतबीचको केवल कुटनैतिक सम्बन्ध मात्रै नभएर दुई सय वर्षदेखि नेपाली दाजुभाइ हरूले बेलायतको रक्षा गर्दै आइरहनुभएको छ र नेपालसँग बेलायतको विशेष सम्बन्ध रहेको कुरा उल्लेख गर्नुभएको थियो।बेलायतले दिएको भ्याक्सिन पर्याप्त नभएको र अब अझै भ्याक्सिन सहयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो।

त्यसैगरि एकजना संसदले त झन् नेपालका प्रधानमन्त्री केपी ओलीलाई उल्लेख गर्दै अहिलेको संकट व्यवस्थापन गर्न नसकेर आफ्नो पदबाट राजीनामा समेत दिनुभएको छ भनेर प्रशंसा गर्नुभएको थियो।तर नेपालको अवस्था कस्तो छ भन्ने कुरा त हामीलाई थाहा छ नि। त्यसैगरी नेपालको अहिलेको अवस्था पनि सारै विकराल भैसकेको छ। यो विषम परिस्थितिमा राजनीतिबाट पनि संकट बेहोरिरहेको अवस्था छ। नत सरकारले अगाडि बढेर काम गर्न सकिरहेको छ न त यथास्थितिमा काम गर्न सकिरहेको छ।

अहिले राजनीतिमा जे भैरहेको छ त्यो हाम्रा लागि भयंकर ठूलो बिडम्बना हो। किनकि नेपालका राजनीतिज्ञहरूले आजको प्राथमिकता के हो,त्यसमा मनन गर्नुपर्ने हो,गम्भीर रुपमा लिनुपर्ने हो।जबकि विश्वले यस्तो गम्भीरता देखाइ रहेको बेला हामीले यस्तो लापरबाही गरिराखेका छौँ। हाम्रो ध्यान चाहिँ हुनुपर्ने ठाउँमा नभएर राजनीतिक खिचातानी र राजनीतिक किचलोमा छ।

हाम्रो ध्यान राजनीतिक मुद्दाहरू सुल्झाउनमा बढी छ भन्ने किसिमको सन्देश यदि हामीले सम्प्रेषण गर्‍यौं भने विश्वले गम्भीरता पूर्वक हाम्रो परिस्थितिलाई लिएर गरिरहेको विभिन्न पहलकदमहरूमा ह्रास पनि आउन सक्छ। त्यसैले नेपालका राजनीतिज्ञहरूलाई र नेपालको सरकारलाई मेरो विनम्र अनुरोध छ कि आजको प्राथमिकता के हो ? आज सम्पूर्ण नेपाल सरकार र नेपाली राजनीतिज्ञहरूको ध्यान के मा केन्द्रित हुनुपर्ने हो भन्ने कुरामा हामी मनन गरौं।हाम्रो प्राथमिकतामा हामी ध्यान दिऔँ।

हाम्रो प्राथमिकता भनेको नेपाल अहिले जुन विषम परिस्थितिबाट गुज्रीरहेको छ र त्यसबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ,कसरी उम्काउन सकिन्छ भन्नेमै आफ्नो सम्पूर्ण ऊर्जा र बुद्दिबिबेक खर्च गर्नुपर्ने हो। तर त्यो नभएर हाम्रो सरकार केवल राजनीतिक मुद्धामै रुमलिरहेको छ।

न अगाडि बढ्न सकिरहेको छ न त यथास्थितिमा आफ्नो कार्यहरू यथास्थितिमा शसक्त रुपमा अगाडि बढाउन सकिरहेको छ।तसर्थ मेरो नेपाल सरकार र नेपाली राजनीतिज्ञहरूलाई विनम्र अनुरोध छ कि बल हाम्रै कोटमा छ। अब हामीले नै हाम्रो परिस्थितिमा कतिको गम्भीर छौँ भनेर विश्वमा सम्प्रेषण गर्न जरूरी छ। यदि त्यस्तो हामीले अगाडि शसक्त रुपमा बढाउन सक्यौं भने मात्रै विश्वको ध्यान हामीमा अझै शसक्त रुपमा जानेछ।

बेलायत,जर्मनी,इण्डिया,चाइनाहरूका कुटनैतिक च्यानेहरूलाई हामीले अझ शसक्त रुपमा अगाडि बढाउन सक्यौं भने मात्रै हामीले आफ्नो शाख बचाउने छौँ। कृपया यस राजेश हमालले लाइभ आएर बोलेको भिडियो हेर्नुहुन्छ भने भिडियो तल प्रश्तुत गरिएको छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद!

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!