काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेको बताएका छन् । नयाँ वर्ष २०७५ सालको अवसरमा आज एक शुभकामना विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई शब्दजालको भूलभूलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व क्षतविक्षत तुल्याइने खतरा रहेको बताएका हुन् ।शाहले विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा नेपालीले पनि त्यो चाहना राख्नु
स्वभाविक भएको तर त्यसो हुन नसकेको संकेत जनाएका छन् ।विज्ञप्तिमा पूर्वराजा शाहले राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणत्व भएको समेत स्पष्ट पारेका छन् ।उनले आफुले एक नेपालीले अर्को नेपालीलाई देख्दा झस्कनु पर्ने अवस्था आउन नहुने बताउँदै शासक प्रशासकहरुको व्यवहार समेत जनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।