Sunday, December 5, 2021
Home > समाचार > दक्षिण एसियाकै पहिलो डिजिटल अस्पताल नेपालमा बनाउने रविको घोषणा – भिडियो सहित हेरेर सक्दो शेयर गरौ

दक्षिण एसियाकै पहिलो डिजिटल अस्पताल नेपालमा बनाउने रविको घोषणा – भिडियो सहित हेरेर सक्दो शेयर गरौ

कार्यक्रम ‘सीधाकुरा जनतासँग’को सुरुवाती देखिनै हामीले प्रस्तुत गरेका विषय सर्वसाधारणले दैनिक भोग्ने समस्याहरु नै हुन् । नेपालका विभिन्न भुभागमा बस्ने सर्वसाधारणले नुनदेखि सुन खरिदमा मात्रै होइन जन्मदा अस्पतालदेखि मृत्यु हुँदा आर्यघाटसम्म ठगिनु परेका विषय हामीले समावेश गरेका छौँ । यी सबै समस्याका समाधान गर्न तिनै तहका सरकार, न्यायिक तथा अर्धन्यायिक निकायलाई घटनाको वास्तविकता उजागर गरेर न्यायको लागि झकझकाउन हामी हरबखत लागि प¥याँै ।

कार्यक्रमको उदेश्य आम सर्र्वसाधारणलाई टेलिभिजन कार्यक्रमको उपयोगिताको अनुभुति गराउनु थियो । यसमा हामी कति सफल भयाँै त्यो प्रिय दर्शकको जिम्मा । यत्ति भन्न सक्छाँै । सरकारी कार्यालयमा ढिला सुस्ती गरे, १ रुपैयाँ पनि घुस मागे, प्रहरी प्रशासनले शंकास्पद भुमिका देखाए, गाँउ टोलमा अमर्यादित घटना भए, सार्वजनिक व्यक्ति वा निकायले पदको दुरुपयोग गरे मात्रै होइन, सबै निकायबाट सबै आशा मरिसकेपछि झिनो आशा लिएर एक पटक कार्यक्रम ‘सीधाकुरा जनतासँग’ सम्झने वातावरण जरुर बनाएका छौँ ।

हामीले प्रशारण गरेका बिषयले नितिगत तहमा भन्दा पनि राज्यका तल्लो निकाय जहाँ सर्वसाधारणको प्रत्यक्ष सरोकार रहन्छ । त्यसमा सकारात्मक परिर्वतन अवश्य गरेको छ । २ सय ९९ सय ओटा कार्यक्रममा प्रशारण भएका हरेक विषयले कतै न कतै, कुनै न कुनै प्रभाव पारेको छ ।

नेपालबाट वैधानिक वा अवैधानिक बाटो प्रयोग गरि विदेशिएका धेरै नेपाली महिलाहरुको समस्याले कार्यक्रममा प्राथमिकता पाएका छन् । नुवाकोटकी कविता तामाङ इराकमा बन्दी जिवन बिताइरहेको बिषय स्काइप मार्फत कार्यक्रममा पहिलो पटक प्रशारण भएसँगै उनको उद्धार गर्न लागि पर्याँै । यसपछि कविता तामाङ मात्रै होइन, मोरङकी उमादेवी परियार, सिन्दुपाल्चोककी गंगा माया तामाङ, झापाकी निशा राई लगाएत धेरै नेपाली चेलीको त्यहाँ स्थित नेपाली दुतावास, नेपाली संघ संस्था तथा समाजसेवीहरुको सहयोगमा उद्धार गरि नेपाल ल्याएका छाँै ।

यस बाहेक वैदेशिक रोजगारीका लागि गाँउबाट हिडेको एक नेपाली विदेशमा पुग्दासम्म सयाँै ठाँउमा नेपालीबाटै ठगीएको हुन्छ । तह अनुसारका एजेन्ट, मेनपावर हुँदै काम गर्ने कम्पनी सम्मै । चोर्ने र ठग्नेले कतै प्रमाण छोडेको हुँदैनन् तर हाम्रा न्यायिक निकाय हरेक कुराको प्रमाण खोज्ने भएपछि वास्तविक पीडितले न्याय पाउने सम्भावना न्युन हुन्छ ।

यहि खाडलका धेरै घटनामा हामीले समन्वय गरेर कोहीले राम्रो काम पाएका छन्, कोहीले पैसा फिर्ता पाएका छन् भने कोहीले न्यायिक लडाइका लागि आवश्यक प्रमाण पाएका छन् ।

साथै वैदेशिक रोजगारीमा पुगेर विरामी हुँदा समेत कम्पनीले वेवास्ता गरेपछि सिकिस्त बनेका विराटनगर सरोजराज पासवानको बिषयम हामीले रिपोर्टिङ गरेको केहि दिनमै उनि नेपाल फर्किन सफल भए ।

वैदेशिक रोजगारी सम्बन्धी श्रम अनुमति दिलाउने लगाएतका वहानामा सेवाग्राहीबाट घुस लिदै गरेको दर्जन बढी कर्मचारीलाई टेलिभिजनमा देखाएका छाँै ।

गोरखाको स्वास्थय शाखामा घुस खाने सत्यनारायण ढगोरिया, यातायात कार्यालयमा घुस खाने ईश्वर बाबु गौतम, विद्युत प्राधिकरणका रामहरी दाहाललाई मात्रै होइन महानगरीय प्रहरी वृत बालाजुका तत्कालीन डिएसपी नविनकृष्ण भण्डारी, प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, प्रहरी जवान पुष्कर शाह, प्रहरी हवल्दार मनोज यादवले व्यक्ति अपहरण गरि ५ लाख लिएको सप्रमाण देखाई कारवाहीको भागिदार बनायौँ । यति मात्रै होइन झापा, विरगंज लगाएतका स्थानमा प्रहरी र सशस्त्र प्रहरीले गरेको अनियमितता सिरिजमा देखायौँ र कारवाहीको माग गरीरह्यौँ ।

नेपाली सेना भित्र भएका आर्थिक घोटालाका बिषयमा सर्वसाधारणले गुनासो नगर्ने र संचार माध्य पनि मौन रहेको अवस्थामा नेपाली सेनाको व्यारेक बनाउन खरिद गरेको इट्टा को पैसा नपाएको बिषयमा दर्शकबाट आएको फोन कलपछि नेपाली सेनाको भवन निर्माण गरेको पैसा सेनाका उच्च अधिकारीले नै खाइदिएर पीडित बनेका निमार्ण व्यवसायी दुर्गा तण्डुकार, रमेश श्रेष्ठ र माधव खतिवडाले हामीले दर्जनौँ पटक फलोअप गरेपछि काम गरेको लाखाँै रुपैयाँ पैसा फिर्ता पाए ।

पाल्पाका रमेश रानालाई कतार लैजाने भनेर ६५ हजार लिए पछि विदेश नपठाएको र पैसा पनि फिर्ता नगरेको रिपोट हामीले प्रशारण गरेपछि एस एन एकेडेमी एण्ड सिजर्च सेन्टरले ६५ हजार फिर्ता ग¥यो ।

पोखराका निर्मल बहादुर नेपालीकी छोरीको फिनल्याण्डमा रहस्यमय निधनपछि नेपालबाट मुद्धा लडिदिने भनेर स्वर्गिय शुसिल कोइराला प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने कर्मचारी धनबहादुर केसीले १२ लाख लिएको बिषय प्रशारण गरेसँगै उनले पनि पीडितलाई पैसा फिर्ता गरे ।

यो बिचमा हाम्रो नाम बेचेरे धेरै व्यक्तिले दुरुपयोग पनि गरेका छन् । हामीलाई भेटाइदिने बहानामा हेमन्त कटुवाल र सुदीप रायमाझीसँग कविराज राईले डेढ लाख रुपैया लिएको देखाएपछि राईले क्षमायाचना गर्दै पैसा फिर्ता गरे ।

यति मात्रै होइन अमेरीकामा जन्मिएको सबै परिवार अमेरिकामा रहेको २ ओटा पानि जहाज, नेपालमा हाइड्रो पावर लगायतका व्यवसाय, वालुटवाटारमा घर तथा रवि लामिछाने समेत साथी रहेको भन्दै सिन्धुलीकी एक युवतीलाई फसाउन लागेको हिराबहादुर सुनुवारलाई पनि टेलिभिजनमा देखायाँै ।

साथै भिजिट भिषामा दुवई लैजाने बहानामा ठगी गर्ने नयाँ बसपार्क स्थित ट्रस्ट ट्राभलले मनोज गुरुङलाई ३ लाख ठगेर पैसा फिर्ता माग्दा विपल्व माओवादीको धम्की देखाएको रिपोर्टिङ गरेका थियौँ । यससँगै उनले समेत ट्राभलबाट पैसा फिर्ता पाए ।

यस बाहेक गोरखाकी अमृता ढकाल, झापाकी सुमी राई लगायत दर्जन बढीलाई जापान लैजाने आशा देखाएर करोडौँ ठगेको गोविन्द तिवारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन त सकिएको छैन तर उनको नाम इन्टरपोलको सुचिमा दर्ता गर्न भने सफल भएका छौँ । साथै पीडितहरुलाई कानुनी बाटो देखाएर अहिलेसम्म पनि गोविन्द तिवारीको बारेमा फलोअप गरिरहेका छाँै ।

चर्को व्याज दिने प्रलोभनमा मैतिदेवीकी रमा पाण्डेलाई ठग्ने जबरलाल श्रेष्ठ, इजरायलमा रहेका दर्जनौ महिलालाई क्यानडा लैजाने आशमा करोडाँै ठगेका हरि शिवाकोटी, सुदर्शन गौतम लगाएत युरोप, अमेरिका लैजाने वहानमा करोडाँै ठगेको धेरै दलाल र ठगलाई कार्यक्रममा देखाएका छौँ । जसले पीडितको न्यायका लागि सहयोग पुगेको छ भने अन्य सयाँै ठगीनबाट जोगिएका छन् ।

सबै जानेको र केहि नजानेको जस्तो काठमाडौमा थाहा नपाई रेष्टुरेण्टबाट लुटिएका सल्यानका केशवहादुर खत्रीको पैसा फिर्ता मात्रै गराएनाँै, काठमाडौंका अधिकांश डान्सबार र रेष्टुरेण्टले गर्ने ब्रह्मलुटलाई सिरिजमा स्ट्रीङ अप्रेशन गरेर काठमाडौं प्रहरीलाई झकझकाएका छाँै ।

स्वास्थ्य क्षेत्रमा भएका विकृतीका विरुद्ध निरन्तर उठाइरयाँै । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर क्यान्सर अस्पताल, काठमाडौ.का वीर अस्पतालमा, त्रिभुवन शिक्षण अस्पतालमा भएको स्वास्थय सम्बन्धी लापरवाही मात्रै होइन औषधि अभाव, कर्मचारी खटन पटनमा भ्रष्टाचार देखि अर्बोको मेशिन खरिदमा भएको भ्रष्टाचार देखायाँै ।

विकास निर्माणमा गुणस्तरहिन र ढिला सुस्ती गर्दै आएको पप्पु कन्सट्रक्सनको बिषयमा सूरु देखि नै देखाउँदै आयाँै । देशभर कन्सट्रक्सनले लिएका ठेक्का र तिनको अवस्थाको बिषयमा पटक पटक रिपोर्टिङ र सरोकारवालाको बहसपछि अहिले पप्पु कन्सट्रक्सनका पुर्व सञ्चालक हरिनारयाण रौनियार सांसद पदबाट निलम्बीत भए भने सञ्चालक सुमित रौनीयार प्रहरीको पक्राउ सुचिमा छन् ।

हेटौडाँमा कालोपत्रे गरेको सडक उप्किएको मात्रै देखाएनाँै, कागेश्वरी मनोहरामा निर्माण कम्पनीलाई पुन सडक कालोपत्रे गर्ने बनायाँै । यति मात्रै होइन, आँफैले छोरा सरह पालेका व्यक्तिबाटै लुटिएका श्रवण कुमार शर्मा तथा पढ्ने दृढ इच्छा भएर पनि घरको गरिबीले विद्यालयका प्रअलाई विद्यालयबाट निष्काशन माग्दै पत्र लेखेकी म्याग्दीकी पुजा खत्रीले हाम्रा दर्शकबाट धेरै सहयोग पाए ।

दुर्घटना पछि उपचार गराएको १२ लाख पैसा तिर्न नसक्दा बुटवल स्थित जेनश अस्पतालमा बन्दी बनेका नवलपरासीका सुरज विकको बिषयमा हामीले रिपोर्टिङ गरेपछि प्रदेश न ५ सरकारले उनको उद्धार सँगै अस्पतालको सबै खर्च मिनाह गरायो ।

रोजगारीको शिलशिलामा युएई पुगेकी गोरखाकी अष्टमी गुरुङको रहस्यमय निधनको बिषयमा रिपोर्टिङ गर्न गोरखा आरुघाट स्थित उनको घरमा मात्रै होइन युएइ स्थित उनले काम गर्ने कम्पनीसम्मै पुगेर स्थलगत रिपोर्टिङ ग¥याँै ।

युएइ स्थित अदालतबाट कोहि दोषी नेदेखिए पनि यो घटनाले विदेशमा नेपाली महिलाहरुलाई गलत नजरले हेर्ने पुर्व जोकोहिलाई सोच्न बाध्य अवश्य पा¥यो । रोजगारीको शिलशिलामा धेरै नेपाली रहेको युएइ, जापान, कोरिया र हङकङमा सीधाकुरा जनतासँग टिमले अन्तरक्रिया तथा छलफल नै आयोजना मात्रै गरेन उठेका सबाल र समस्यालाई तत्काल समाधानको पहल ग¥यो ।

यि त टेलिभिजनमा देखाइएका मध्यका पनि केहि प्रतिनिधि घटना मात्रै हुन् । यस बाहेक दैनिक न्युज २४ टेलिभिजनको केन्द्रिय कार्यालयमा आउने सयौँ दर्शक, देशभर रहेका टिभि जर्नलिष्टलाई भेट्ने र समस्या सुनाउने जो कोहीलाई पनि सक्ने सहयोग गर्न हामी कहिल्यै चुकेका छैनौँ र लागिपरिरहन्छाँै ।

रबि लामीछाने प्रस्तोता रहेको न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ ले ३०० औं भागमा प्रवेश गरेको उपलक्ष्यमा रवि लामिछानेले दक्षिण एसियाकै पहिलो स्मार्ट डिजिटल अस्पतालको निर्माण गराउने घोषणा गरेका छन् त्यो पनि कर्णालीको कालिकोटमा रहेको रास्कोट गाउँमा जुन १५ बेडको हुने छ । तलको भिडियोको ३८ औ मिनेट पछि उक्त उद्घोष गरेका छन् रविले ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!