नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य गोमा शाहीको दुर्घटनामा मृत्यु भएको छ । नेपाल मजदुर किसान पार्टीका नेता टेक वहादुर शाहीका अनुसार उनको बाँकेको कोहलपुरमा एउटा जिपको ठक्करवाट मृत्यु भएको हो ।
उनले सामाजिक सञ्जाल फेसवुकमा गोमा शाहीको तस्बिर राखेर मृत्यु भएको उल्लेख गरेका छन् । केही बेर अघि मात्र भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ । बाँकेको काहलपुर स्थित बिद्युत रोड नजिक गोमालाई जिपले ठक्कर दिएको थियो ।