Saturday, November 27, 2021
Home > समाचार > छठ पूजा गर्न जादा भयो यो हालत

छठ पूजा गर्न जादा भयो यो हालत

दमक — परिवारसँग छठ पूजा गर्न नदीतर्फ जाँदै गर्दा मंगलबार बेलुका झापाको भद्रपुरमा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ वर्षीया छोरी राशी रहेकी छन् ।राशीका बुबा धिरज र आमा राखी यादवसँगै छठ पुजा गर्न मे १ त ५२३२ नम्बरको ट्रायाक्टरमा चढेर मेची नदीतर्फ जाँदै थिइन् । बेलुका ४ बजेतिर मेची नदीको पुलमा चढ्ने क्रममा राशी ट्रयाक्टरबाट खसेकी थिइन् ।उनलाई सोही ट्रायाक्टरको चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते भएकी बालिकाको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

एजेन्सी । भारतको पुणेमा एक महिलाले आफ्नो श्रीमानको हर्कतदेखि वाक्क भएर प्रहरी र महिला बाल कल्याण विभागमा उजुरी दिएकी छन्। महिलाले आफ्ना श्रीमानका विषयमा जुन कुरा बताइन् सो कुरा सुनेर प्रहरी चकित भए। महिलाले आफू कुनै पनि हालतमा श्रीमानबाट छुटकारा पाउन चाहन्छिन्।भारतीय संचारमाध्यमका अनुसार पीडित महिला श्वेताले १४ वर्ष पहिला अनिलसँग लभ म्यारिज गरेकी थिइन्। अनिल एक कम्पनीमा काम गर्छन र उनको वार्षित कमाइ १२ लाख रुपैयाँ छ। त्यतिमात्रै होइन अनिलको पुणेमा तीनवटा फ्याट पनि छन् जुन उनले भाडामा दिएका छन्।

श्वेतासँग विवाह गरेको केही समयसम्म उनीहरुबीचको व्यवहार निकै राम्रो थियो। तर अचानक अनिलको व्यावहारमा परिवर्तन आउन थाल्यो। उनी साना साना कुरामा पनि झगडा गर्ने जरीवाना तिराउने गर्न थाले।श्वेताका अनुसार अनिलले बजारबाट केरा किनेर ल्याए सय रुपैयाँ, घरमा टिभी अन गरेर खुल्ला छोडे ५०० रुपैयाँ, बच्चालाई ट्युशनबाट ढिला ल्याए दुई हजार रुपैयाँसम्म जरीवाना तिराउँछन्। केही समय अगाडि अनिलले श्वेताको क्रेडिट कार्ड, मोबाइल र पैसा आफूसँग राखेर घरबाट निकाली दिएका थिए।यो विषयमा महिला एवं बाल बिभागले श्वेतालाई काउन्सेलिङ पनि गरे। तर श्वेता आफ्ना श्रीमानसँग बस्न तयार भइनन्। उनले आफू कुनै पनि हालतमा श्रीमानसँग बस्न नसक्ने भन्दै श्रीमानबाट छुटकारा दिलाउन आग्रह गरेकी छन्

तहलका ग्रुप डट कम बाट साभार गरिएको

Leave a Reply

error: Please Dont Copy My Content!! !!