Thursday, December 9, 2021
Home > समाचार > यी हुन् खतरनाक डिएसपी रमेश बहादुर सिँह, जसका अघि गुण्डागर्दी, डन र तस्करीहरुको सातोपुल्तो जान्छ !

यी हुन् खतरनाक डिएसपी रमेश बहादुर सिँह, जसका अघि गुण्डागर्दी, डन र तस्करीहरुको सातोपुल्तो जान्छ !

बांकेको कोहलपुर नगरपालिकामा गएको तीन महिना यता सुरक्षाको दृष्टिकोणले निकै परिवर्तन भएको छ । प्रहरी प्रमुखको रुपमा डिएसपी रमेश बहादुर सिँहले कमाण्ड सम्हाले लगत्तै कोहलपुर आसपासका क्षेत्रमा घटना भएको १० मिनेट भित्रै प्रहरी पुग्छ भने कम्तिमा २४ घण्टा भित्रै कारवाही भइसक्छ ।

डिएसपी सिँहले सो क्षेत्रमा गुण्डागर्दी गर्नेहरुको दोहोलो काडेका छन् । ‘मैले सार्वजनिक कार्यक्रममा भन्ने गरेको छु घटनाको जानकारी दिनुस् त्यसको १० मिनटमा प्रहरी टोली घटनास्थल पुग्छ, उनले टेलिफोन सम्पर्कमा भने, कोहलपुर भन्दा टाढाको घटना हो भने केही समय लाग्न सक्छ ।’

कोहलपुर इलाका प्रहरी कार्यालय मातहतमा वैजनाथपुर गाविस, जानकी गाविस, राप्ती सोनारी तथा नेपालगन्ज उपमहानगरपालिकाका केही वडा समेत पर्छन । प्रदेश ५ मा रहेको कोहलपुर नगर कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पनि ट्रान्जिट प्वाइन्ट हो । भारतीय सिमानासंग नजिक रहेको कोहलपुर त्यसैले पनि सुरक्षाको दृष्टिकोणले अति सम्बेदनशिल क्षेत्रमा पर्छ ।

शान्ति सुरक्षा बिगार्ने घटना नियन्त्रणमा छ, हातहतियार, लागूऔषध ओसार पसार गर्नेहरुलाई पुरा निगरानीमा राखेका छौं, अपराधिक गतिविधिका घटनामा कारवाही गर्न राजनीतिक दवावले केही जोड चल्दैन भन्ने शन्देश दिएको छु, उनले दावी गरे, कोहलपुरमा शान्ती सुरक्षा चुस्त दुरुस्त छ ।’

तीनवटा प्रदेशको ट्रान्जिट तथा भारतीय सिमाना नजिकको नगरपालिका भएका कारण उनका लागि सुरक्षामा निकै ठूलो चुनौती भनेको अन्य क्षेत्रमा अपराध गर्ने र कोहलपुरमा लुक्ने अपराधिहरु हुन् ।

लागु औषधको कारोवार, बन्यजन्तु तस्करी तथा मानव बेचविखन उनका लागि मुख्य चुनौती हुन् । ‘पुर्व पश्चिम राजमार्ग भएकाले पनि अन्य ठाउँका अपराधि यहाँ आएर लुक्छन् उनले भने ‘काठमाण्डौमा अपराध गरेर यहाँ लुक्न आएका अपराधि देखि भारतमा अपहरण गरेर कोहलपुरमा लुकाउन ल्याएका पीडितलाई उद्यार गर्ने र अपराधि समात्ने काम समेत गरिएको छ ।’

१५ वर्ष अघि प्रहरी निरिक्षकवाट प्रहरी सेवामा प्रवेश गरेका सिँहसंग सम्बेदनशिल तराईका जिल्लामा इलाका प्रहरी प्रमुख भएर काम गरेको अनुभव छ । बझाङ्गको नगरपालिकामा जन्मेका सिँह कोहलपुरमा डिएसी भएपछि पहिलो कार्यकाल सम्हाल्न पुगेका हुन् ।

उनी प्रहरी प्रमुख भएर पुग्नुअघि कोहलपुरलाई लागू औषध दुब्र्यसनीको अखडा भनेर चिनिन्थ्यो । उनले तीन महिनाको कार्यकालमा लागू औषध कारोवार र सेवन गर्ने २८ जनालाई पक्राउ गरी कारवाही गरिसकेका छन् । कोहलपुरलाई लागूऔषध मुक्त बनाउन अहिले सामुदायिक प्रहरी मार्फत विद्यालयहरुमा समेत सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।

उनको यो अभियानमा स्थानिय जनप्रतिनिधि र नागरिक समाजले समेत साथ दिएको छ । ‘स्थानिय जनप्रतिनिधिहरुको अगुवाईमै हामीले शान्ति सुरक्षाको लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं, उनले भने उहाँहरुसंग निकै राम्रो कोर्डिनेशन छ ।’

सामान्य झै झगडा, मादक पदार्थ सेवन लगायतका घटना बाहेक अन्य ठूला र अपराधिक घटनाका सम्बन्धमा भने उनले राजनीतिक दलका नेताको कुरा सुन्दैनन् । ‘सामान्य झै–झगडाका घटनामा स्थानिय नेताको कुरा सुनेर समन्वय गर्ने मिलाउने काम गर्छौ तर अपराधिक घटनामा राजनीतिक दवाव सहने कुरा हुँदैन’ उनले भने ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!