Saturday, July 10, 2021
Home > समाचार > निर्मलाकी दिदि मनिषाले गरिन् सनसनीपूर्ण खुलासा, दाेषीकाे नाम नै ताेकेर बोलिन् -पूरा हेरी सक्दो शेयर गरौ

निर्मलाकी दिदि मनिषाले गरिन् सनसनीपूर्ण खुलासा, दाेषीकाे नाम नै ताेकेर बोलिन् -पूरा हेरी सक्दो शेयर गरौ

महेन्द्रनगर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको उनकी दिदि मनिषा पन्तले हत्यारा प्रहरी प्रशासनले नै लुकाउन खोजेको र बम दिदि बहिनी माथी नै आफ्नो शंका रहेको दावी गरेकी छिन् ।उनले बहिनी त्यहाँ भन्दा अरु ठाँउमा नजाने र बमकी छोरी बारम्बार आफुहरुको घरमा आउने र उनीहरुले पछिल्लो पटक बोल्न थालेको कुराबाटपनि शंका लागेको बताएकी छिन् ।

हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा फेरि आन्दोलन सुरू भएको छ ।घटनामा संलग्न हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पीडित परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका छन् । नागरिक संघर्ष समितिको संयोजनमा महेन्द्रनगर बजारको मदनचोकबाट प्रदर्शन गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

दवाबमूलक संघर्ष समितिले अनुसन्धानमा खटिएका डीएसपी द्वय अंगुर जिसी र ज्ञानबहादुर सेठीलाई पनि सेवाबाट निष्काशन गर्नुपर्ने माग अघि सारेको छ ।दबाबमूलक संघर्ष समितिका पदाधिकारीले निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै २ जना स्थानीय प्रहरी अधिकृतलाई निष्काशन गरेर सरकारले वास्तविक हत्यारा लुकाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले २ प्रहरी अधिकृतलाई निष्काशनमात्र नभई निर्मलाका वास्तविक बलात्कारी र हत्यारा सार्वजनिकको माग भएको बताएका छन् ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ४ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । प्रहरी प्रवक्ता उत्तमकुमार सुवेदीका अनुसार अनुसन्धानका क्रममा ३ देखि ४ जनाको डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु गरिएको छ । तर, नमुना संकलन भने भइसकेको छैन ।केन्द्रीय अनुसन्धान ब्युरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको सुवेदीले बताए ।

उनका अनुसार कतिपयको पोलिग्राफ परीक्षण गर्ने तयारीसमेत भएको छ । ‘‘पोलिग्राफ गर्ने टोली प्रदेश प्रहरी कार्यालयमै रहन्छ । आवश्यक परे तत्काल पुग्नसक्छ,’’ उनले भने ।कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले पनि घटनाको अनुसन्धान भइरहेको बताए । ‘‘अनुसन्धानकै क्रममा छौं । नयाँ कुरा आएपछि भनौंला,’’ ओझाले भने । निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्ट, कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुष विष्ट र चक्र बडूको समेत डीएनए परीक्षण गरिएको थियो ।

निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेको थिएन । कञ्चनपुर प्रहरीले गत भदौ ४ गते निर्मला हत्याको मुख्य अभियुक्त भन्दै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले दिलिपलाई अभियुक्तका रुपमा सार्वजनिक गरे पनि डीएनए म्याच नगरेपछि उनी थुनामुक्त भएका थिए ।स्रोतका अनुसार लामो अध्ययनपछि प्रहरीले केही शंकास्पद व्यक्तिको पहिचान गरेको छ । उनीहरुका गतिविधि, घटनाअघि र पछिको व्यवहारलाई केलाएर प्रहरीले थप ४ जनाको डीएनए परीक्षण गर्ने योजना बनाएको छ । स्रोतले भन्यो, ‘‘दुईजनामाथि बढी शंका छ ।

उनीहरुको नाम भन्न मिल्दैन ।डीएनए नमुना संकलन गर्न आशंकामा रहेका सबैको उमेर २५ माथि र ४० वर्षमुनि छ ।’’ डिएनए परीक्षण गर्न लागेकाहरु सबै भीमदत्त नगर क्षेत्रभित्रकै भएको स्रोतको दाबी छ । ‘‘हामीले संकलन गर्न लागेको डिएनएबाट हत्याराको पहिचान हुने सम्भावना छ । त्यसका केही आधार फेला पारेका छौं । डिएनए म्याच नभए अनुसन्धान निकै जटिल बन्ने सम्भावना छ,’’ स्रोतले भन्यो । झण्डै ३ महिनादेखि सिआइबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ ।

अनुसन्धान टोलीले घटना उखुबारीमै भएको निष्कर्ष निकालेको छ । यसअघि निर्मला हत्या उखुबारीमा नभएर अन्त भएको हो कि भन्ने आशंका हुँदै आएको थियो । घटनास्थलको प्रकृति, विभिन्न फोटो र भिडियो फुटेजका आधारमा प्रहरीको ‘एक्सपर्ट’ टोलीले उखुबारीमै बलात्कार र हत्या भएको निष्कर्ष निकालेको हो ।निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाहि गरेको भन्दै गृह मन्त्रालयले यसअघि नै तत्कालीन एपसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्टलाई बर्खासी गरिसकेको छ ।

तत्कालीन समयमा दिलिप विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गर्नुअघि अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले उनीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । प्रहरीमाथि नै अनुसन्धान गर्ने जिम्मेवारी एआईजी धिरु बस्न्यातलाई दिइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!