Tuesday, July 13, 2021
Home > समाचार > केटाहरू ल्याएर आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने युवती पक्राउ

केटाहरू ल्याएर आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने युवती पक्राउ

विराटनगरः आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो ।आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउन खोजेको उजुरी आएपछि श्रेष्ठ पक्राउ परेकी हुन् ।

श्रेष्ठसँग आएका भनिएका इनरुवाका युवक सन्तोष श्रेष्ठ भने फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।कात्तिक १४ गते राती विराटनगरमा श्रेष्ठकै कोठामा सँगै मादक पदार्थ सेवन गरेपछि आफूमाथि बलात्कार गराउन खोजेको युवतीको जाहेरीमा उल्लेख छ । २ अपरिचित केटाहरू ल्याएर आफूलाई जबर्जस्ती यौन सम्पर्क गराउन हातपात गर्नुका साथै नग्न पारेको जाहेरी परेको मोरङ प्रहरीले बताएको छ

।उदयपुर । उदयपुर रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्। आइतबार मृत अवस्थामा फेला परेकी एल्जिनाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएको आरोपमा सोमबार पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाट नेतृत्वको टोलीले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेको व्यक्तिको नाम भने गोप्य राखेको छ ।गएको शनिबार हराएकी एल्जिना आइतबार दिउँसो लाफागाँउकै अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। सोमबार बिहान जिल्ला प्रहरी कार्यालयले तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा पठाएको थियो। प्रहरीले समेत बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ

।काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले आज एक विज्ञप्तिमार्फत् सो जानकारी गराएको हो । नेप्सेले अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही दुविधा उत्पन्न हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ ।

नयाँ कारोवार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यस सम्बन्धमा कुनै दुविधा नभएको नेप्सेले जनाएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले सामाना गरेको मुख्य समस्या कारोवारको विवरणको अवस्था थियो । सो समस्या कारोवार प्रणालीसँग नभइ कारोवारको विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या रहेको नेप्सेले जनाएको छ ।कारोवार प्रणाली र बेवसाइट छुट्टाछुट्टै ‘डेटा सेन्टर’मा सञ्चालन हुने भएकाले प्रसारण गर्दा केही समस्या आएको भन्दै उक्त समस्या हाल समाधान गरिएको नेप्सेले स्पष्ट पारेको छ । नेप्सेले कात्तिक २० गतेदेखि अनलाइनमा आधारित पूर्ण स्वचालित प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा आएपछि कारोवार रकम तथा तथ्याङ्क हेर्न समस्या देखिँदै आएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!