Monday, July 12, 2021
Home > समाचार > कतारबाट काठमाडौं उत्रिएकी रुवी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ, यस्तो छ कारण – हेरेर सक्दो शेयर गर्नुहोस

कतारबाट काठमाडौं उत्रिएकी रुवी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ, यस्तो छ कारण – हेरेर सक्दो शेयर गर्नुहोस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती सुनका बालासहित पक्राउ परेकी छन् । सुनको बालासहित पक्राउ पर्ने युवतीमा सिरहाको मिर्चैया–२ की रुवी कुमारी महतो रहेकी प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार हिमालय एयरको उडानमार्फत सोमवार विहान कतारबाट काठमाडौं उत्रिएकी रुवी सुनका बालासहित पक्राउ परेकी हुन् । उनको साथबाट सुनको परिमाण १ सय ९९ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । लगेजसँगै लुकाइ छिपाइ लैजाने क्रममा महतोलाई सुनका बालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ

काठमाडौँमा सुबासले गरे आफ्नै श्रीमती प्रमिलाको चक्कु प्रहार गरी हत्याकाठमाडौँ – श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौंको बुढानिकलकण्ठबाट एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा खोटाङ देविस्थान घर भई हाल काठमाडौँको बुढानिकलकण्ठमा डेरा गरि बस्ने ४० वर्षीय सुबास राई रहेका छन् ।श्रीमान श्रीमतीबीचको सामान्य विवादकै कारण सुबासले श्रीमती माथि चक्कु प्रहार गरेका थिए । आफ्नै ३५ वर्षीय श्रीमती प्रमिला राईलाई चक्कु प्रहार गरेका उनलाई आईबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ।चक्कु प्रहारबाट घाइते भएकी प्रमिलाको उपचारका क्रममा हेल्पिङ हेण्ड अस्पताल चावहिल मृत्यु भएको थियो।

काठमाडौं : ०७२ वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएपछि धेरैलाई फेरि पनि त्यस्तै भूकम्प जाने हो कि भन्ने चिन्ता लागेको छ । विश्वका विभिन्न देशमा ठूलै भूकम्प गैरहेको छ । यसले पनि नेपालीलाई फेरि ठूलो भूकम्प आउँछ कि भन्ने लागेको छ । तर यो कहिले र कहाँ जान्छ भन्ने थाहा हुन सक्ने अवस्था छैन । सन् १५०५ मा पश्चिम नेपालमा ९ रेक्टर स्केलभन्दा ठूलो भूकम्प गएको बताइन्छ तर यसको आधिकारिक जानकारी कसैसँग पनि छैन । त्यसपछि १९९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको ठूलो भूकम्प गएको इतिहास छ । त्यसपछि ४५ साल र २०७२ सालमा अहिलेसम्म कै ठूलो भूकम्प गएको भनिन्छ ।

भूकम्प कहिले र कहाँ जान्छ भन्ने थाहा पाउने कोशिसमा बैज्ञानिकहरु छन् । तर यसबारे थाहा पाउने कुनै विधि छैन । यो सयौं, दशौं, बिसौं वर्ष कति फरकमा आउँछ भन्ने थाहा पाउन सकिन्न । त्यसैले कुनै पनि हल्ल्काको पछि नलाग्न राष्ट्रिय भूकम्प मापन केन्द्रले आग्रह गरेको छ । केन्द्रका अनुसार भूकम्प कहिले जान्छ भन्ने यकिन नहुने भएपनि कति क्षती गर्ला भन्ने थाहा पाउन सक्छौ । यसबाट हुने क्षतीको न्यूनिकरणका लागि विभिन्न काम गर्न सकिन्छ ।नेपाल नै भूकम्पिपय जोखिममा रहेको देश भएकाले तयारी गर्न आवश्यक रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् । तर भूकम्पको मिति र स्थान तोकेर गर्ने हल्लकाको पछि लाग्न नहुने उनको भनाई छ । शक्ति संचित भएको ठाउँमा जुनसुकै बेला भूकम्प जाने भन्दै अधिकारीले समय र स्थान तोकेर यो नआउने पनि स्पष्ट पारे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!