Saturday, December 3, 2022
Home > समाचार > मलामी हिंडेको गाडी दुर्घटना हुँदा १५ को मृत्यु ६ को अवस्था गम्भीर

मलामी हिंडेको गाडी दुर्घटना हुँदा १५ को मृत्यु ६ को अवस्था गम्भीर

एजेन्सी। भारत मध्यप्रदेशको मुरैनामा भएको सडक दुर्घटनामा परि एकै परिवारका १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ७ पुरुषको रहेका छन् ।

बिहीबार विहान बालुवा बोकेकोट्याक्टरको ट्रलीले जीपलाई ठक्कर दिएको हो । दुर्घटनामा ६ जना घाइते भएको छन् । जसमा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतीय प्रहरीका अनुसार जीपमा ग्वालियर जिल्लाको बडेरा गाउँका एकै परिवारका २१ जना सवार थिए ।

उनीहरु एक नातेदारको अन्तिम दाहासंस्कार कार्यक्रममा सहभागी हुन मुरैना जिल्लाको घुरघान गाउँ गइरहेका थिए । ट्याक्टरको ट्रलीमा चालकले अवैध बालुवा वानी गरेको थिए र प्रहरीबाट बच्न उनले तीब्र गतिमा ट्याक्टर चलाइरहेका थिए ।

मुरैनाबाट ४ किलोमिटर टाढा रहेको अम्बाह सडक खण्डको गञ्जरामपुरमा ट्रैक्टरले जीपलाई ठक्कर दिएको हो ।ट्याक्टर चालक फरार रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्याक्टरले जीपलाई यति जोडले ठक्कर दिएको थियो जसका कारण जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ट्याक्टर जीपमा बीचमा शव चेपिएका थिए । प्रहरीले स्थानीयको सहयोगमा जीपलाई काटेर शव निकालिएको थियो ।

Leave a Reply