Friday, June 18, 2021
Home > समाचार > खुसीको खबर: २४ घण्टामा अहिलेसम्मकै बढी छ हजार १३५ जनाले कोरोना जितेर घर फर्किए

खुसीको खबर: २४ घण्टामा अहिलेसम्मकै बढी छ हजार १३५ जनाले कोरोना जितेर घर फर्किए

काठमाडौं । पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा  पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना  संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

यो पनि पढ्नुस :

को’रोना ले फोक्सोमा असर पारेको छ कि छैन रु घरमै कसरी पत्ता लगाउने रु थाहा पाइराखौ १ २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

को’रोना को अहिले विश्वकै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । लगातार बढ्दै गएको संक्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो कोरोनालेले विशेष गरेर स्वास्थलाई गहिरो रुपमा असर पुऱ्याइरहेको छ ।

नेपालमा समेत कोरोना फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्पतालहरुमा बेड खाली नभएका समाचारहरु सार्वजनिक भैरहेका छन् भने अक्सीजनको अभावका कारण बिस्तारै मृ त्युदर समेत बढ्न थालेको छ ।

कोरोनाकाका कारण मृत्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थानहरुमा संक्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकिरहेको छैन ।यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिसहरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशेषज्ञका अनुसार यस प्रकारको उपायबाट आफ्नो स्वास्थ्य र शरीरमा अक्सीजनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

विशेषज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिसहरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परीक्षणको अभावमा धेरै मानिसहरुलाई  भएको धेरै समयसम्म पनि थाहा हुँदैन र अचानक उनीहरुलाई समस्या भएको महसुस हुन शुरु हुन्छ ।त्यस्ता मानिसको घरमा नै अक्सीमीटरको उपयोग गर्दै शरीरमा अक्सीजन सेचुरेशनको परीक्षण गरिरहनु पर्छ ।

 

 

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!