Sunday, July 11, 2021
Home > समाचार > सारेगमपमा मेनुकाले फेरी मच्चाईन धमाका, दिग्गज गायक बप्पी लहरी बने मन्त्रमुग्ध (भिडियो)

सारेगमपमा मेनुकाले फेरी मच्चाईन धमाका, दिग्गज गायक बप्पी लहरी बने मन्त्रमुग्ध (भिडियो)

काठमाडौं । भारतीय टेलिभिज जी टिभीबाट प्रशारण हुँदै आएको सांगीतिक रियालिटी शो सारेगामापामा नेपालकी मेनुका पौडलले आइतबार अर्को दमदार प्रस्तुती दिएकी छन् ।

जुरी मेम्बरका एकजनासँग आइतबार मेनुकाले गीत गाउनुपर्ने थियो । उनले रोजिन हिन्दी फिल्म सँवरियाको ‘थोडे बदमाश हो…’ बोलको गीत ।

प्रोफेशनल गायिका सुनैनासँग मेनुकाले श्रेया घोषालको आवाजमा सजिएको सो गीत गाउँदा भारतीय गायन क्षेत्रका महापुरुष बप्पी लहरीसमेत मन्त्रमुग्ध भए । मेनुकाले शुरमा गज्बबको कम्बाइन्ड दिएको बप्पीको प्रतिक्रिया थियो ।

उनले अँझ धेरै अगाडी बढ्ने मेनुकालाई आर्शिवाद दिए । यस्तै जज साजिद खानले उनको आवाज निकै सुमधुर रहेको टिप्पणी गरे । उनले भनेका थिए, ‘तिमि दिलबाट गाउँछेउ ।’

मेनुकालाई जुरी मेम्बरले ९६.४ अंक दिएका थिए । श्रेया घोषाल बलिउडकी निकै मेलोडी स्वर भएकी गायिका हुन् । उनकै स्वरको गीत गाउनु मेनुकाको ठूलो चुनौती थियो । तर, उनले सो चुनौती पनि आफ्नो कडा परिश्रमले पार गरिन् ।

आइतबार टप १५ सहभागीबीच प्रतिस्पर्धा भएको थियो ।

भिडियो यहाँ:

Leave a Reply

error: Please Dont Copy My Content!! !!