Friday, June 18, 2021
Home > राशिफल > ०७८ बैशाख ३० गते बिहिबार, हेर्नुहाेस् तपाईंहरूको राशि अनुसारकाे भाग्यफल यस्तो छ

०७८ बैशाख ३० गते बिहिबार, हेर्नुहाेस् तपाईंहरूको राशि अनुसारकाे भाग्यफल यस्तो छ

मेषः प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै, धनलाभको पनि योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।

बृषः आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।

मिथुनः काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।

कर्कट: आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् ।

सिंह: भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । चो ट प टक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।

कन्या: दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा अ सन्तुष्टि बढ्न सक्छ ।

तुला: आटेको काममा सफलता मिल्नेछ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गु म्न सक्छ । मान सम्मानमा चो ट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

बृश्चिक: समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । रमाइलो भ्रमण होला ।

धनुः व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवन साथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।

मकरः नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उ त्सा हवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।

कुम्भ: कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्रा हुन सक्छ ।

मीनः व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला ।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!