Sunday, July 11, 2021
Home > समाचार > संसारकै नमुना यो सौतासौता जोडी : यी दुई महिला एक पुरुषका श्रीमती हुन्, श्रीमान मलेसिया छन् श्रीमतीहरु ‘सौतासौता’ आफ्नै दिदीबहिनी जस्तो गरेर मिलेर बसेका छन् हेर्नुहोस भिडियोमा

संसारकै नमुना यो सौतासौता जोडी : यी दुई महिला एक पुरुषका श्रीमती हुन्, श्रीमान मलेसिया छन् श्रीमतीहरु ‘सौतासौता’ आफ्नै दिदीबहिनी जस्तो गरेर मिलेर बसेका छन् हेर्नुहोस भिडियोमा

खोटाङ – आफ्नो परिचय दिएपछि पार्वता आचार्यले भन्नुभयो, ‘श्रीमान् मलेसिया जानुभएको छ ।’ पार्वतापछि उठेकी सरिताले आफ्नो नाम भन्न नभ्याउँदै सँगै रहेकी अर्की महिलाले कोट्याएर भनिन्, ‘दिदी र मेरा श्रीमान् एउटै हुन्, मलेसियामै छन् भन न ।’ सरिताले हाँस्दै भन्नुभयो ‘हाम्रो श्रीमान् मलेसियामा हुनुहुन्छ ।’

विदेश जानेका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा परिचय गर्दा सहभागी सबैले श्रीमानका बारेमा पनि भन्नुपर्ने थियो । सहभागी सबैले मेरा श्रीमान् भनेर सम्बोधन गर्दै आफ्नो श्रीमान् कमाउन गएको देशको बारेमा बताए । तर सरिता र पार्वता दुवैले भने, ‘हाम्रो श्रीमान् ।’ अथवा उनीहरु एकअर्काका सौता ।कक्षापछि घरको आँगनमा बसेर सरिता र पार्वताले आपसी सम्बन्ध खुलाएर भने, ‘हामी दिदीबहिनी अर्थात सौतासौता ।’

पार्वता र सरिताको उमेर ८ वर्षको फरक छ । सरिता ३३ वर्षको हुनुभयो । पार्वता चाहिँ ४१ वर्ष । सरिताको खाइलाग्दो ज्यान छ । तर पार्वताका छाला हड्डीमै टाँसिएका छन् । सरिता हृष्टपुष्ट देखिनुहुन्छ । तर पार्वताको अनुहारमा चाउरी परिसकेको छ ।

२०६२ सालको दसैँमा श्रीमानले कान्छी (सरिता)लाई ल्याउँदा पार्वतालाई आफू पनि मरौं, श्रीमानलाई पनि जेल पठाइदिउँ जस्तो झोक चलेको थियो । भविष्य अँध्यारो थियो । कता जाउँ के गरौं भन्ने छटपटी भएको थियो ।

तर घरमा सौता छन् भन्ने सरितालाई पनि थाहा थिएन । न त पार्वतालाई नै श्रीमानले आफ्नो मुटुमा यसरी किलो गाड्छन् भन्ने आशंका थियो ।

‘२०६२ सालको दसैँमा हो, उहाँले मलाई घरमा ल्याउनुभयो, बिहे गरेको त १० महिना जस्तो भएको थियो, तर सौता छ भन्ने थाहा थिएन,’ सरिताले सुनाउनुभयो, ‘पारीपट्टि पसलमा आइपुगेपछि पो अब कान्छी ल्याइछस् दह्रो भएर जा घरमा भने, मैले त अरु केही सोच्नै सकिन, हातखुट्टा काँप्यो ।’

पार्वताको बिहे २०५३ सालमा भएको हो । सरिता कान्छी बनेर भित्रिंदा पार्वताले घर सम्हालेको ९ वर्ष भइसकेको थियो । पार्वता गाउँमै बस्नुहुन्थ्यो । श्रीमान भने कहिले विदेश त कहिले इटहरीतिर बस्थे । कमाएर घर बसाल्न घर छाडेका श्रीमानले अर्कै घर बसालेको पार्वताले त्यतिबेला मात्र थाहा पाउनुभयो, जब श्रीमान सरितालाई लिएर आँगनमा आइपुगे ।‘सौता लिएर दसँै मनाउन आएका मान्छेलाई के गर्नु, मनमा त बाढी गयो, तर केही गर्न सकिन’ पार्वता सम्झनुहुन्छ ।

पार्वताले श्रीमानलाई सौता हाल्नुको कारण पनि सोध्न सक्नुभएन । ‘बिहे भएको ९ वर्ष हुँदा पनि मेरो बालबच्चा भएका थिएनन्, त्यसैले ल्याए होलान भने जस्तो लाग्यो,’ पार्वताले भन्नुभयो ।आफू भित्रिंदा पार्वताको मन दुखेको कुरा छेवैमा बसेर सुनिरहेकी सरिताको अनुहार पनि खिन्न देखियो । तर श्रीमानले ढाँट्दा सरिताको पनि मन पार्वताको जस्तै दुखेको थियो ।

‘मारिहाल्ने पो हुन् कि, लखेटे भने कहाँ जानु, मलाई त मरौं कि बाँचौं भन्ने भयो नि,’ सरिताले त्योबेलाको आफ्नो अवस्था सुनाउनुभयो । त्यसबेला दुवैलाई आफ्नो भविष्य बिग्रियो भन्ने लागेको थियो । दुवैजना कहिलेकाहीँ सोच्थे, ‘सौता सहेर बाँच्नुभन्दा, जिन्दगीको दौडधूप नै सकाइदिनु राम्रो, श्रीमान बाँडेर पनि जिन्दगी चल्ला र ?’

फेरि पनि अर्को मनले भन्थ्यो, ‘सौता ल्याएर के भयो त ? मिलेर गरिखान सकिन्छ । नभए एक्लै भए पनि बाँच्न सकिन्छ ।’ यही सोचले दुवैका मनमा निभेका आशाहरु फेरि पलाउँथे ।

नभन्दै सौतेनी किचलो सरिता र पार्वताले सोचेभन्दा फरक भयो ।

श्रोत उज्यालो अनलाइनबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!