Friday, June 18, 2021
Home > समाचार > सुदुरपश्चिमको टिकापुरबाट भर्खरै आयो अत्यन्तै दु:खद खबर !

सुदुरपश्चिमको टिकापुरबाट भर्खरै आयो अत्यन्तै दु:खद खबर !

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा पाँच जनाको उपचारका क्रममा ज्या’न गएको छ। ज्या’न जानेमा टीकापुर नगरपालिकाका ३ र जानकी गाउँपालिकाका २ जना रहेका छन्। अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्या’न गएको छ।

उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्या’न गएको छ। यतिबेला कोरोना महामारीमा नेपाल अधिराज्यभर महाप्रकोप लागेकाे छ । यसो त नेपालमा मात्रै नभइ बिश्वभर कोरोना महामारीले ज्यान गुमाउनेहरू दिनानुदिन बढिरहेका छन् ।

यो पनिः बदलिएकै हुन् त ओली ?
काठमाडौं । पार्टी फुटको संघारमा पुगेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकार गिराउन पार्टीकै नेताहरुले खेलेको भूमिका प्रति असन्तुष्टि जनाउँदै त्यस्ता कार्यमा नलाग्न पनि आग्रह गरेका छन् । उनले अपिलमा आफ्ना पक्षमा लाग्नेहरुलाई काखा पाखा नगर्ने प्रतिवद्धता जनउँदै एकताको पक्षमा लाग्न आग्रह गरेका छन् ।

ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । उनले माधव कुमार नेपाललाई संकेत गर्दै भनेका छन्, कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको जनाएका छन् । त्यस्ता ब्यक्तिको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने भन्दै बेलैमा सोच्न सचेत गराएका छन् ।

वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरि/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन् ।

ओलीले माधव नेपाल पक्षले गरेका गतिविधिलाई कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्ति भनेका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!