Tuesday, May 18, 2021
Home > समाचार > बिहानै आयो यस्तो दुःखद दबरः पहिलोटक नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

बिहानै आयो यस्तो दुःखद दबरः पहिलोटक नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका अन्दाजी ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्नुहुन्थ्यो । यद्यपी यसबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी गराएको छैन। महोत्तरीमै निजी स्वास्थ्य संस्थामा काम गरिरहनु भएका उहाँ भदौ ७ गते बिरामी हुनुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई काठमाडौं ल्याइँदैं गर्दा बाटैंमा मृत्यु भएको थियो ।

५५० पत्रकारलाई सङ्क्रमणः सातको निधन
कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

उहाँले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गर्नुभएको छ । विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । “कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ ।

यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।”

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ । फाइल तस्विर

Leave a Reply