Tuesday, May 18, 2021
Home > समाचार > नयाँ रेकर्ड : नेपालमा आज एकैदिन अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित र मृ’त्यु !

नयाँ रेकर्ड : नेपालमा आज एकैदिन अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित र मृ’त्यु !

काठमाण्डाैं । नेपालमा गत २४ घण्टामा थप ७,४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ। मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडसम्बन्धी कारणले मृ’त्यु भएको विवरण प्राप्त भएको छ।

सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्। सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक सङ्ख्या हो। सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयले आइतवार अपराह्ण २४ घण्टाको अवधिमा ७,२११ सङ्क्रमित थपिएको जनाएको थियो। सोमवार सबैभन्दा बढी सङ्क्रमित काठमाण्डू जिल्लामा २,९२२ जना थपिएका हुन्। त्यसैगरी उपत्यका अरू दुई जिल्ला ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जनामा पनि कोभिड-१९ पुष्टि भयो। अहिले उपत्यकामा कुल ३,७६६ जना सङ्क्रमित थपिएका हुन् ।

कोरोनाबाट आज नेपालमा ३७ को मृत्यु
सोमवार सबैभन्दा बढी सङ्क्रमित काठमाण्डू जिल्लामा २,९२२ जना थपिएका हुन्। त्यसैगरी उपत्यका अरू दुई जिल्ला ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जनामा पनि कोभिड-१९ पुष्टि भयो। अहिले उपत्यकामा कुल ३,७६६ जना सङ्क्रमित थपिएका हुन्।

त्यस्तै रूपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२ र कास्कीमा ३५५ जना सङ्क्रमित सोमवार थपिएका छन्। अहिले हाल १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

थपिएका सङ्क्रमितमध्ये ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्। सोमवार पुष्टि भएका सङ्क्रमितमध्ये १५६ जना नौ वर्षसम्मका, ४३९ जना १० देखि १९ वर्षका र ३,५५९ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

Leave a Reply