Friday, June 18, 2021
Home > रोचक > अन्तिम संस्कार गरेर घर फर्किँदा मृतकले नै फोन गरेपछि

अन्तिम संस्कार गरेर घर फर्किँदा मृतकले नै फोन गरेपछि

मंसिर, एजेन्सी । मृत्युपछि अन्तिम संस्कार सकेर फर्किएपछि मृतककै मोबाइलबाट फोन आयो । एक परिवारले आफ्नो छोरा मरेको सम्झेर अस्पतालबाट शव घर ल्याए । पछि शवको अन्तिम सस्कार पनि गरे । अन्तिम संस्कार गरेपछि परिवार दुखी भएर घर फर्किँदै गर्दा मृतकको फोन आएको हो ।

काम गर्दागर्दै बेहोस भएका प्रमोद अस्पतालमा उपचाररत रहेको र उनलको होस आएपछि परिवारलाई फोन गरेका थिए । तर, प्रमोदले भने आफ्नो पुनर्जन्म भएको बताएका छन् । मृत्यु भएका भनिएका प्रमोद जिवितै रहेपछि प्रहरी प्रशासन पनि तनावमा परेको छ । ती परिवारहरूले कस्को शवको संस्कार गरे भन्नेको अनुसन्धानमा प्रहरीले लागेको छ । प्रमोदका परिवारले एउटा शव आगो लगाएर नष्ट गरेको हो ।

पत्नीले पार्टी त्यागिन्, बदलामा सांसदले पत्नी त्यागे
एजेन्सी । अर्को पार्टीमा प्रवेश गरेको भन्दै एक जना नेताले आफ्नै पत्नी त्याग्ने निर्णय गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)का नेता नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल अर्काे पार्टीमा प्रवेश गरेको भन्दै उनीसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

उनकी पत्नी सोमबार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख गरिएको छ । सोही रिसमा उनले उक्त दिनदेखि नै पत्नी त्याग गर्ने बताएका हुन् ।

उनले हजाराैँ जनताको भोट विश्वासको रक्षा गर्दै भाजपा कै लागि लडिरहने बताएका छन् । सौमित्र खानले अबदेखि आमाबुबाबाहेक आफ्ना कोही नभएको बताए । ‘आज तिमीविरुद्ध म सम्बन्ध विच्छेदको निवेदन दिन्छु। आजदेखि तिमीलाई छाड्दै छु।’ नेता खानले पत्नीप्रति लक्षित गर्दै भनेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!