Tuesday, May 18, 2021
Home > भिडियो > कोरोनालाई जित्न “डन्ट टेक मी” बाहिरियो (भिडियोमै हेर्नुस्)

कोरोनालाई जित्न “डन्ट टेक मी” बाहिरियो (भिडियोमै हेर्नुस्)

गत साल सजिलै पराजित भएको कोरोना यसपाली नेपाल र भारतको लागी खतरनाक साबित भएको छ । लाखौ मानिस मरिरहेका छन् । जताततै त्रास फैलिएको छ । मिडिया कर्मिहरु पनि रुदै समाचार बाचन गरिरहेका छन् । हज्जारौ बाल बालिका अनाथ भएका छन् , निरास भएका छन् तड्पीएका छन् र यो पिडादायी युद्धबाट मुक्ती चाहीरहेका छन् । हो त्यस्तै मुक्ति चाहीरहेका दुई दिदी भाईको कथा हो “डन्ट टेक मी” ।

कोरोनाका कारण दुबै बाबुआमा गुमाएर अनाथ भएका दिदी भाई तड्पिन्छन्, आत्तिन्छन् र मृत्युपछी आमाबाबु लाई पशुपतीमा लगेर जलाए होलान् भनेर पशुपतीमा लासहरु जलाएको हेर्दै आत्तिन्छन् । दिदिलाई भाई सम्हाल्न धौ धौ पर्छ । भाईले पशुपतीमा पनि आई लभ यु बाबा, आई लभ यु मामु भनेर पुलमा लेख्छ दिदिलाई झनै गारो हुन्छ ।

हिजोको आमा बुवासँगको मस्त जीन्दगी संझेर दुबै तड्पिन्छन् पिडा चरम सिमामा पुगेको बेलामा बिदेश बसेको मामा एक्कासी भगवान बनेर आउछ र ती भान्जा भान्जिलाई माया गर्छ । यो एउटा म्यूजिक भिडियोमा समेटीएको कथा हो ।

बिजय दिप गिरीको रचना र भिडियो निर्देशन रहेको यो अग्रेजी भाषाको गीतमा बिदुशी साह, अल्भिन जङ गिरी, कमल पुरी र मन्जरी दवाडीको अभिनय रहेको छ । बासु बरालले छायांङ्कन गरेको गीतमा राजेश कुमारको सम्पादन रहेको छ । सरोज प्याकुरेलको संगीत, बरिष्ठ एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको मिक्सिङ रहेको गीतलाई सितल मोक्तानले गाएकी छिन् ।

गीत शनिवार युट्युव मार्फत रिलिज भएको छ । गीतले कोरोनाका कारण असहज परिस्थीतिमा पुगेका जो कोहीलाई सहयोग गरौ भन्ने सन्देश दिन खोजेको निर्देसक विजय दिप गिरीले बताएका छन् ।

भिडियोः

Leave a Reply