Tuesday, May 18, 2021
Home > भिडियो > रोमान्टिक बनेका सशस्त्र प्रहरीका आईजी जोडीको भिडियो एकाएक भयो भाइरल (भिडियो सहित)

रोमान्टिक बनेका सशस्त्र प्रहरीका आईजी जोडीको भिडियो एकाएक भयो भाइरल (भिडियो सहित)

पोखरा – साहित्य र गीत लेखनमा पनि सक्रिय सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले टिकटक भिडिओ भाइरल भएको छ। पत्नीको टिकटक एकाउन्टमा राखिएको भिडिओमा उनले ‘नबोली नबोली’ बोलको गीतमा अभिनय गरेका छन्। ३३ सेकेन्डको भिडिओमा उनी निकै रोमान्टिक मुडमा दखिएका छन् ।

सुरक्षा निकायको प्रमुख भए पनि साहित्य, गीत लेखनमा उनको झुकावसँगै गीत संगितमा पनि पारङ्गत रहेको स्पष्ट देखिन्छ। उनको पारिवार पनि गीत संगीतमा सक्रिय छन्। केही महिनाअघि उनका छोराको पनि म्युजिक भिडिओ सार्वजनिक भएको थियो।

भिडियोः

यो पनि हेर्नुसःदीपक मनाङेले लिए मन्त्री पदको शपथ
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ लिएका छन्। मनाङेलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्। उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए। मनाङको प्रदेश (ख) बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए।

निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले शपथ लिन पाएका थिएनन्। बरु प्रहरीले उनलाई ज्या न मा र्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख ६ गते पक्रेको थियो। १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए।

Leave a Reply