Saturday, July 10, 2021
Home > समाचार > प्रहरीको अहिलेसम्मकै ठूलो थ्रि एस अपरेशन, १२ जना यस्तो अवस्थामा पक्राउ

प्रहरीको अहिलेसम्मकै ठूलो थ्रि एस अपरेशन, १२ जना यस्तो अवस्थामा पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कौडा र जुवा तास खालबाट ११ जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका वडा न १३ स्थित चिन्ताहरण रेष्टुरेन्टबाट पैसाको बाजी हारजित हुने गरि कौडा र जुवा खेली रहेको अवस्थामा उनिहरुलाई १६ थान कौडा, ३ बुक तास र रु १ लाख ११ हजार ९ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुलाई मुलुकी ऐन, २०७४ अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट लागुऔषध चरेश सहित एक जना पक्राउ

प्रहरीले मुग्लिनबाट प्रतिबन्धित लागु औषध सहि एक जनालाई पक्राउ गरिएको छ । आज विहान ९ बजे इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनबाट चेकजाँचको क्रममा बा २० च ३००६ नम्बरको गाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ केजी १३४ ग्राम चरेश सहित इच्छाकामना ४ बस्ने बर्ष २१ को आकाश गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । गुरुङलाई पक्राउ गरि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दर्ता गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।चितवन जिल्लालाई सुरक्षित र शान्त चितवन बनाउन (थ्रि एस) अपरेशन)

Nayabato.com बाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!