Sunday, July 11, 2021
Home > समाचार > यस अनलाइन मार्फत पाठकसमक्ष सशंकित पार्ने हेडिङ सहितकाे समाचार प्रकाशित गरिएकाेमा प्रेस काउन्सिल समक्ष गरिएकाे क्षमायचाना

यस अनलाइन मार्फत पाठकसमक्ष सशंकित पार्ने हेडिङ सहितकाे समाचार प्रकाशित गरिएकाेमा प्रेस काउन्सिल समक्ष गरिएकाे क्षमायचाना

यस सम्बन्धमा प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण मागिएको र पुनः यस्ता गलत समाचार सम्प्रेषण नगर्न समेत सूचित गरिएकाे प्रति अाभार व्यक्त गर्दै पाथिभराअनलाइनका सञ्चालक तथा सम्पादकका हैसियतले माफी माग्दै क्षमयचना गरेकाे छु ।

मेरो स्पष्टीकरण यसप्रकार छ
दुर्इ दिनदेखि विरामी परिरहनु भएका सम्माननिय प्रधानमन्त्री केपी अोलीका बारेमा सामाजिक सञ्जालमा अनेक अनर्गल हल्लाहरू चलिरहेको अवस्थालार्इ एकाएक यस्तो ससंकित पार्ने हेडलाइन “दुखद खबर : हार्दिक श्रदान्जली , प्रधानमन्त्री केपी ओलीको अस्पतालमा निधन , दुखद खबर हार्दिक श्रदान्जली भन्दै सामाजिक संजालमा झुटा पोस्ट नलेख्न आग्रह” शिर्षक तथा पिक्चर राखेर सम्प्रसित केहि अनलाइनहरूकाे साभारमा मेरो पाथिभरा अनलाइन मार्फत सम्प्रेषण भएको छ ।

विशेषतः सामाजिक सञ्जालमा सम्माननिय प्रधानमन्त्री केपी अाेली प्रति गरिएका विभिन्न नकरात्मक समाचारहरूलार्इ चिर्न र यस्तो गलत कार्य नगर्न अनुरोध गरिने हेतुले उक्त समाचार छापिएकाे भए पनि उक्त समाचारकाे हेडिङ र तस्विरले समाजमा आशंका फैल्याउने खालकाे भएकाले उक्त समाचार साभार गरिएकाेमा तथा सम्प्रेषण समेत गरिएकोमा उक्त गलत क्रियाकाे हृदयदेखि नै क्षमाप्रार्थी छाैं ।

साथै यस्ता समाचारले नेपाली जनतामा भ्रम फैल्याउने अवस्थाकाे मध्य नजर गर्दै उक्त गलत समाचार अनलाइनबाटै हटाइएकाे समेत जानकारी गराउन चहान्छाै । साथै अाउँदा दिनहरूमा यस्ता समाचार सम्प्रेषण नगरिने भन्दा भन्दै पनि पुनः भुलबस यसो हुन गएकाेमा हृदयदेखि नै माफी माग्दछु ।

केहि महिना अगाडि पनि विभिन्न समाचारहरूमा अापत्तिजनक तस्विर सम्प्रेषण भएको कुरा प्रेस काउन्सीलका अनुगमन समिति तथा बिद्युतीय माध्यम अाचारसंहिता अनुगमन उपसमितिमा सचिव समेत रहनुभएका उप प्र. अधिकृत रामशरण बोहरा सहितको टोली समक्ष बसेर यसबारे छलफल गरि समस्याकाे समाधान गरि भविष्यमा यस्ता समाचार सम्प्रेषण नगरिने शर्तमा यस अनलाइनका सञ्चालककाे हैसियतले माफी मागिए पनि  पुनः यस अनलाइनबाट सामाजिक सञ्जालमा भेटिएकाे अनर्गल लेखिएकाे सशंकित पार्ने समाचार जानअन्जानमै छापिएकाेमा क्षमा माग्दै, प्रेस काउन्सिल नेपाल प्रति क्षमायाचना माग्दै तथा अाभार व्यक्त गर्दै अाउँदा दिनहरूमा यस्ता गलत अर्थ दिने खालका समाचारहरू नछापिने समेत जानकारी गराउँदछाैं ।

हरि मानन्धर
सञ्चालक/सम्पादक
पाथिभराअनलाइन डटकम तथा खबरटाइम मिडियो ग्रुप, काठमाण्डाै

Leave a Reply

error: Please Dont Copy My Content!! !!