Wednesday, October 27, 2021
Home > पत्रपत्रिका > औषधीले काम गरेन ! अस्पतालमा भर्ना भएका संक्रमितको धमाधम मृत्यु भएपछि स्वास्थ्य मन्त्रालय चिन्तित

औषधीले काम गरेन ! अस्पतालमा भर्ना भएका संक्रमितको धमाधम मृत्यु भएपछि स्वास्थ्य मन्त्रालय चिन्तित

काठमाडौ । कोरोनाको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औ षधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए । उनले भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरुलाई बचाउनै मुस्किल छ ।’

अहिले पनि गम्भीर लक्षण देखिएर आईसीयू र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

अर्को समाचार ।

काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडामा महत्वपूर्ण कामहरु भएको दावी गरेका छन् । महानगरपालिकाको वडा नम्बर चारको नव निर्मित कार्यालय भ वन उद्घाट न गर्दै मेयर शाक्यले आफू मेयरमा निर्वाचित भएपछि सबै वडाहरुले जनहितमा काम गरेको बताएका हुन् ।

पछिल्लो समय जन्मदेखि मृत्युसम्मका सबै काम वडा तहबाटै गर्ने व्यवस्था मिलायएको शाक्यले बताए । कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ क का प्रदेश सांसद नारायण सिलवालले चार नम्बर वडाले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याएर उदाहरणीय काम गरेको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै उपलब्धि भएको सिलवाको भनाई छ । महानगरको वडा नम्बर चारले चार तल्ले भवन बनाएर कार्यालय संचालनमा ल्याएको हो । कार्यालय भवन अपाङ्गमैत्री बनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!