काठमाडौँ। महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ती भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी २० वर्षीया रोशना रामुदामुको अहिले थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार हुँदै छ। बुधबार रिपोर्टर्स क्लबमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर उपचारमा लागेको करिब १२ लाखसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत
रामुदामुको भविष्य सुनिश्चित हुनेगरि कानूनी तवरबाट उपचार गर्न माग गरेको थियो।एक युट्युब च्यानलसँग कुरा गर्दै रोशना रामुदामुले आफू हार मान्ने केटी नभएको भन्दै आफ्नो उद्देश्य पूरा गरेर छाड्ने बताइन्। ‘ पीडकलाई कारबाही होस् मलाई जस्तै अरुलाई कसैलाई पनि अन्याय र दुःख भोग्न नपरोस्,’ उनले भनिन्। हेर्नुस् उनीसँगको कुराकानी।