Tuesday, May 18, 2021
Home > खेलकुद > टी(२० अन्तर्राष्ट्रियमा सन्दीपले बनाए नयाँ रेकर्ड

टी(२० अन्तर्राष्ट्रियमा सन्दीपले बनाए नयाँ रेकर्ड

 

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने टी(२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी(२० सिरिजमा मंगलबार नेदरल्याण्ड्सविरुद्ध ४ विकेट लिँदै सन्दीपले विकेट संख्या ४२ पुर्‍याएका छन् ।

नेदरल्याण्ड्सविरुद्ध खेल्नुअघि करण केसीको ४० विकेट थियो भने सन्दीपको ३८ विकेट थियो । सन्दीपले ४ विकेट लिँदा करणले १ विकेट मात्र लिए । सन् २०१८ मा टी(२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले २३ खेल खेल्दै ४२ विकेट लिएका हुन् । सन्दीपको उत्कृष्ट प्रदर्शन ४र२० हो ।

नेदरल्याण्ड्सविरुद्ध उनले नेपालका लागि सर्वाधिक ४ विकेट लिए पनि महँगा सावित भए । उनले ४ ओभरमा ४८ रन खर्चे । नेपालले पहिले ब्याटिङ गर्दै २०६ रन बनाएपछि नेदरल्याण्ड्सले २०७ को लक्ष्य ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको थियो ।

सन् २०१५ मा टी(२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका करणले ३१ खेल खेल्दै ४१ विकेट लिएका हुन् । करणको उत्कृष्ट प्रदर्शन ४र१७ हो । यस्तै नेपालले खेलेको पहिलो टी(२० देखि अहिलेसम्म खेलिरहेका मध्ये सोमपाल कामीले ३१ खेल खेल्दै २८ विकेट लिएका छन् ।

मंगलबार उनले नेदरल्याण्ड्सविरुद्ध कुनै विकेट लिन सकेनन् । नेपालका लागि टी(२० अन्तर्राष्ट्रिय खेल्दै बलिङ गरेका मध्ये शरद भेषवाकर र रासिद खानले मात्र विकेट लिन सकेका छैनन् ।

ब्याटिङ तर्फ भने टी(२० अन्तर्राष्ट्रियमा पारस खड्काले सर्वाधिक ७९९ रन बनाएका छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ५९९ रन बनाएका छन् । करण केसीले १८३ र सन्दीप लामिछानेले २० रन बनाएका छन् ।

अर्को समाचार

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला गर्न सक्नेछन् ।

Leave a Reply