Sunday, November 28, 2021
Home > समाचार > राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणका लागि पुगिन दोहामा

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणका लागि पुगिन दोहामा

कतार / राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज दोहा आइपुग्नु भएको छ । राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वागत गर्नुभएको थियो ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा हुनुहुन्छ । राष्ट्रपति भण्डारी विमानस्थलबाट सीधै उहाँलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गर्नुभएको छ । आजै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!