Tuesday, May 18, 2021
Home > खेलकुद > थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज, नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज, नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौं। थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ । यो सँगै नेपालले दोस्रो जित दर्ता गराएको हो ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गु माएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र तीन चौ कासहित नटआउट ६१ रन बनाए ।

यस्तै, आशिफ शेख ४२ रनमा आउट हुँदा, दीपेन्द्रसिंह ऐरीले नटआउट ६ रन बनाए । भु र्तेल र शेखले १ सय २ रनको पार्टनरसीप खेले । बलिङतर्फ मलेसियाका भिरान्दीप सिंहले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले समान एक–एक विकेट लिए । जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै अं क ता लिकको शीर्ष स्थानमा छ ।

अर्को समाचार

चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र  सत्यको विजय स्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।

यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्र वक्ता सरोज थपलियाले को रो ना बाट बच्न राजगुठीअन्तर्गतका सबै देवस्थल र भगवती मन्दिरमा सरकारले भनेअनुसारको सङ्ख्यामा मात्र भक्तजनलाई व्यवस्थित प्र वेश गराइने बताए । हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।

चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिए।

 

Leave a Reply