Thursday, December 9, 2021
Home > समाचार > यी महिलाको बिलौना : परदेश कमाउन गएको श्रीमानलाई, तलब माग्न आइस् भने जिउँदो नेपाल फर्कन पाउँदैनस्, लास पठाउँछौं भन्छ रे -कृपया सक्दो शेयर गर्नुहोला

यी महिलाको बिलौना : परदेश कमाउन गएको श्रीमानलाई, तलब माग्न आइस् भने जिउँदो नेपाल फर्कन पाउँदैनस्, लास पठाउँछौं भन्छ रे -कृपया सक्दो शेयर गर्नुहोला

कात्तिक १२, काठमाडौं । वैदेशिक रोजगार विभागको दोस्रो तलाको बाहिरपट्टि ९ महिने छोरालाई दूध चुसाउँदै थिइन्, काभ्रेकी मैया गौतम ।रसिलो आँखा र उदास अनुहार लिएर उनी साउदीमा अलपत्र परेका आफ्ना पतिलाई नेपाल झिकाइदिनू भन्दै आइतबार विभागमा आएकी थिइन् । गत फागुन २४ गते वैदेशिक रोजगारीका लागि साउदी गएका मैयाका पति मिनप्रसाद ढुंगाना डेढ महिनादेखि साउदीमा अलपत्र छन् ।

राम्रो कमाइ हुने भन्दै अक्सफोर्ड इन्टरनेसनल प्रा.लि नामक म्यानपावर कम्पनीमार्फत् साउदी गएका मिनप्रसादले विदेश गएको ५ महिना राम्रो काम र तलब पाए । उनलाई कम्पनीले गार्डेनमा फूड प्याकिङको काम लगाएको थियो । तर पाँच महिनापछि उनलाई होटलमा काम लगायो ।

खाने बस्ने सुविधासहित फूड प्याकिङको काम भनेर म्यानपावरलाई एक लाख बुझाएका मिनप्रसादले होटलमा भनेजस्तो तलब र सुविधा पाएनन् ।खाना बस्ने सुविधा त परको कुरा होटलमा काम गरेको डेढ महिनासम्म पनि उनले तलब पाएनन् । काम गरेको तलब माग्दा कम्पनीले कामबाटै निकालिदिएको मिनप्रसादकी पत्नी मैयाले बताइन् ।

‘शुरूमा त भनेको काम र तलब नै थियो, महिनामा ५०/६० हजार हुन्छ भनेको थियो । पछि काम गरेको डेढ महिनासम्म पनि तलब दिएनन्,’ मैयाले भनिन्, ‘तलब माग्दा कामबाटै निकालिदियो । तलब माग्न आइस् भने जिउँदो नेपाल फर्कन पाउँदैनस्, लास पठाउँछौं भन्छ रे !’ मैया भक्कानिँदै रोइन् ।

पतिले फोनमा जसरी पनि नेपाल झिकाऊ भनेपछि उनी ९ महिनाको छोरा काखी च्यापेर दुई महिनाअघि म्यानपावर पुगिन् ।म्यानपावरले मैयालाई विदेशमा अलपत्र पतिलाई तलब र सुविधा दिलाउने र काम पनि लगाइदिने आश्वासन दिए । डेढ महिनासम्म कुर्दा समेत पतिले साउदीमा काम नपाएपछि मैया एक साता अघिदेखि विभाग धाइरहेकी छन् ।

‘८ दिनदेखि यहाँ आइरहेको छु, श्रीमानलाई झिकाइदिनू भन्दा म्यानपावरले अझै पनि काम लगाइदिन्छु मात्रै भन्छ,’ मैयाले गुनासो गरिन्,‘ यहाँका कर्मचारी पनि म्यानपावरकै कुरा सुन्छन् । मुद्दा हाल्न लाग्दा कर्मचारीकै अगाडि म्यानपावरका मान्छेले मुद्दा नहाल भनेर दबाब दिन्छ ।’

मैयाका पति मिनप्रसादसँगै अन्य १८ जना नेपाली पनि तलब नपाएर अलपत्र छन् । साउदीमा अलपत्र परेका उनीहरूलाई नेपाल झिकाउन आफन्तहरू वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!