Wednesday, May 12, 2021
Home > समाचार > कोरोनाका कारण दाङकि ३७ वर्षीया महिलाको बाँकेमा मृत्यु

कोरोनाका कारण दाङकि ३७ वर्षीया महिलाको बाँकेमा मृत्यु

सँसारभर पुनः कोरोनाको दोश्रो लहर शुरू भएपछि यसको असर नेपालमा पनि देखिन थालेको छ । दोश्रो पटक हिजो नेपालमै सबै भन्दा बढि संक्रमित भएका थिए भने दाङकि ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो।

त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शनिबार बिहान १:२७ बजे बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्। यो सँगै बाँकेबाहेकका बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका ९४ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए।

यो पनि हेर्नुसः “ढलेको त्यो धरहरा बनाउने कुरा एमालेको सरकार आए हुन्छ सबै पुरा”
गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिए । वैशाख ८ गते धरहराको २२औँ तलामा भीमसेन थापाकै पालाको शिवलिङ्ग राखिने उनले बताए ।

उनका अनुसार उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्टमार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नेछन् । साथै त्यहीँ उनलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । वैैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको छ भने अर्को जडानको क्रममा रहेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका थिए।

सल्लाहकार मानन्धरले भने, ‘‘धरहराको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले रङरोगन, बत्ती जडानलगायतका काम धमाधाम भइरहेका छन् । बाँकी काम केही दिनभित्रै सकिन्छ ।’’त्यसैगरी धरहराको टुप्पोमा राखिने गजुर निर्माण भई त्यसमा अहिले ९५ तोला तीन लाल सुनको लेप लगाउने काम भइरहेको सल्लाहकार मानन्धरले जानकारी दिए । प्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट’को रूपमा रहेको धरहराको निर्माण समयमै सम्पन्न गर्न अहिले ३५० जनशक्ति अहोरात्र खटिरहेका छन् । भुइँतलासहित कुल २५ तल्लाको धरहरा निर्माण भएको हो ।

Leave a Reply