काठमाडौं। त्रिभुवन विमानस्थलको गेट र सिनामंगलको बीचमा एक युवकको शव भेटिएको छ । युवक अन्दाजी २०–२१ वर्षका छन् । सडकनजिकै पानी बग्ने कुलोमा उनको शव भेटिएको हो । उनी को हुन् भन्ने खुलिसकेको छैन ।
प्रहरीले शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लिएर गएको छ । प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको अनुमान गरिएको छ । उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि प्रस्ट हुने प्रहरीले जनाएको छ ।
हेर्नुहोस् संचारकर्मी आर्यन धिमालले खिचेका घटनास्थलका केही फोटोहरु ।
यस्तो अवस्थामा उठाइएकाे थियो लाश
सत्यसमाचारबाट ।