Wednesday, May 12, 2021
Home > विचार > ६४ वर्षकी महिलाले यसरी जन्माइन् बच्चा

६४ वर्षकी महिलाले यसरी जन्माइन् बच्चा

एजेन्सी । महिलाको उमेर बढेपछि बच्चा जन्माउन सक्दैनन् भन्ने भनाईलाई चुनौति दिएकी छिन् चिनीयाँ महिलाले । चीनमा ६४ वर्षको उमेरमा एक महिलाले बच्चा जन्माएकी छिन् ।

उनी ६४ वर्षको उमेरमा बच्चालाई जन्म दिएर देश कै धेरै उमेरमा आमा बन्ने महिला भएकी छिन् ।

सरकारी समाचार अनुसार जिलिन प्रान्तको एक अस्पतालमा महिलाले छोरोको जन्म दिएकी हुन् । बच्चाको तौल ३।७ किलो रहेको छ ।

महिला र नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा हालिएको छ । महिला र उनका पतिले बच्चाको बारेमा केही बताउन भने अस्विकार गरिरहेका छन् तर नजिककाले भने अनुसार उनीहरुले पहिलो बच्चा ह’राएका थिए ।

यसपछि दम्पत्तिले दोस्रो बच्चाको बारेमा सो’चेका थिए । अस्पतालका डाक्टर टेगका अनुसार बच्चाको आमालाई एक दशक पहिले नै रजोनि वृत्ति भएको थियो ।

ग’र्भावस्थाको क्रममा उनले केही समस्या पनि सामना गरेकी थिइन् । तर अन्तिममा भने सबै राम्रो भएको थियो ।

अर्को समाचार हेर्नुहोस्

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो ।

निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लगाउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको अध्यक्ष लामाको भनाइ छ ।

विमानस्थल जोखिममा पर्न थालेपछि माटो खन्ने कार्य रोक्नका लागि जिल्लास्थित सुरक्षा अधिकारीसँग छलफल भइरहेको बताए । ‘सिमकोट रिङ रोडका लागि खेल मैदानको माथि केही जग्गा खाली राखिएको हो’ उनले भने, ‘तर लुकिछिपी माटो खनेर लिनेहरूका कारण उक्त जग्गा नै भत्किन थालेपछि सिमकोट विमानस्थल नैं जोखिममा परेको हो ।’

Leave a Reply