एजेन्सी – इन्डोनेसियाबाट उडेको लायन एयरको बोइङ दुर्घटनाग्रस्त भएको छ।इन्डोनेसियाको जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको उक्त लायन एयरको बोइङ विमानस्थलबाट उडेको केही मिनेटमा नै सम्पर्कविहीन भएको थियो। पङ्गकल पिनाङका लागि उडेको उक्त बिमानमा ८८ यात्रु सवार लायन एयरको जहाज दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाग्रस्त हुने विमान इन्डोनेसियाकै पङकाल पिनाङका लागि उडेको एकदमै नयाँ बोइङ ७३७ विमान रहेको बुझिएको छ। जहाज समुन्द्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ। दुर्घटना ग्रस्त बिहानको केही भाग समुद्रमा फेला परेको छ।बिमानमा १८८ यात्रुमध्ये १७८ जना बाहेक ३ जना बच्चा २ पायलट र ५ जना क्याबिन क्रू रहेका छन्। उडान भरेको १३ मिनेटपछि बिमान सम्पर्क बिहीन भएको थियो। बिमान सम्पर्कबिहीन भएपछि सर्च अपरेशन सुरु गरिएको थियो।