Sunday, December 5, 2021
Home > समाचार > भर्खरै आयो सीके राउतको यस्तो खबर, अब के हुन्छ ??

भर्खरै आयो सीके राउतको यस्तो खबर, अब के हुन्छ ??

काठमाडौ। स्वतन्त्र तराईको माग गर्दै आएको सीके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै स्पेसल टास्क फोर्स निर्माण गरेको छ ।

केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि स्पेसल टास्क फोर्स निर्माण गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रदेश प्रमुखको जिम्मेवारी लिएर कार्यक्षेत्रमा जान लागेका डिआइजीलाई केही दिनअघि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखको भूमिका प्रभावकारी नभएको र संविधानविपरीत काम गर्ने तत्व सलबलाएकाले सचेत हुन निर्देशन दिएका थिए ।

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीले पनि सिके राउत समूहको गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!