Saturday, July 10, 2021
Home > प्रवास > कुवेतबाट ६ महिनाअघि नै घर हिँडेर हराएकि इन्दिराको फेसबुकमा मेसेज

कुवेतबाट ६ महिनाअघि नै घर हिँडेर हराएकि इन्दिराको फेसबुकमा मेसेज

सिन्धुपाल्चोक – कुवेतबाट ६ महिनाअघि नै घर हिँडेकी भनिएकी सिन्धुपाल्चोक स्याउलेकी इन्दिरा सुब्बा कुवेतमै भेटिनु भएको छ । इन्दिरा सम्पर्कविहीन भएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि इन्दिराले घरमा फेसबुक मार्फत परिवारलाई सम्पर्क गर्नुभएको हो । २०७१ सालमा कुवेत गएकी इन्दिरा ६ महिनादेखि सम्पर्कविहीन हुनुभएको थियो । कुवेतमै रहेका आफन्तले ६ महिना अघि नै इन्दिरा कुवेतबाट हिँडिसकेको भनेपछि श्रीमान् झलकबहादुर खत्रीले श्रीमतीको खोजी गरिरहेको खबर उज्यालो अनलाइनमा प्रकाशित भएको थियो ।

उहाँ श्रीमतीलाई खोजिदिन आग्रह गर्दै चौतारामा रहेको सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्रमा पुग्नुभएको थियो । ‘मसँग त कुरा भएको छैन, बुहारीलाई फेसबुकमा म्यासेज गरिछन्, किन समाचार छापेको भनिन् रें, फागुनसम्म भिसा छ, त्यसपछि घर आउछु भनेकि छन्’ झलकबहादुरले बुहारीसँग भएको कुरा सुनाउनुभयो ।

घरेलु काममा कुवेत पुगेकी इन्दिराले पहिले काम गरेको घर छोडेर अर्को घरमा काम गरेकाले घरमा सम्पर्क गर्न नपाएको भन्दै फागुन महिनापछि घर आउने बताएको झलकबहादुरले बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!