Thursday, October 28, 2021
Home > मनोरञ्जन > वियोन्सीसँग नयाँ गीत गाउने तयारीमा मदनकृष्ण श्रेष्ठ!

वियोन्सीसँग नयाँ गीत गाउने तयारीमा मदनकृष्ण श्रेष्ठ!

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा समावेश चर्चित गीत फुलबुट्टे सारी लोकप्रिय भयो । यो गीत विभिन्न भर्सनमा रिलिज भयो । मदनकृष्णले भने लिजेन्डरी भर्सन अन्र्तगत यो गीतमा स्वर दिएका थिए । यो गीतलाई यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले पनि गाइन् । स्वरले पनि लोकप्रियता हासिल गर्यो । गीत गाइसकेपछि मदनकृष्णले वियोन्ससँग भेट्ने इच्छा व्यक्त गरेका थिए ।

मदनकृष्णसँगको भेटमा वियोन्सले आफ्नो ठूलो सपना पुरा भएको बताएकी थिइन् । आफ्नो र वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ लोकप्रिय भएपछि कलाकार तथा गायक मदनकृष्णले नयाँ गीत गाउने तयारी गरेका छन् । सामाजिक संजालमार्फत जानकारी दिदै मदनकृष्णले लेखेका छन् हामीले गाएको फुलबुट्टे सारीलाई वियोन्सले पनि गाइन् ।

त्यसपछि यो गीतले अन्तरराष्ट्रियकरणको रुप लिएको महशुश गरिएको छ । बियोन्स र म मिलेर एउटा यूगल गीत गाउने तरखरमा छौं । वियोन्सको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खैं । मदनकृष्णले गीत कस्तो प्रकृतीको हुनेछ भनेर खुलाएका छैनन् । आम दर्शक तथा श्रोताले उनी र वियोन्सको स्वरमा नयाँ गीतको भने प्रतिक्षा गरिरहेका छन् ।

मेलम्चीको पानी र अस्ताएको २ जिन्दगानी
काठमाडौं । मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् ।

तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्या न गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् । हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले श वबिनै गरिसकेको छ । श व नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!