Sunday, November 28, 2021
Home > खेलकुद > बधाइ छ नेपाली यु १९ महिला खेलाडीहरूलार्इ! पाकिस्तानलाई ९–० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण

बधाइ छ नेपाली यु १९ महिला खेलाडीहरूलार्इ! पाकिस्तानलाई ९–० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण

काठमाडौं– पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी कपको छनोट नजिक पुगेको छ । थाइल्याण्डमा जारी एएफसी यू(१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानलाई ९–० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण पुगेको हो ।

थाईल्याण्डको चोनबरी रंगशालामा नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गरिन् । खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । सम्झना लावतीले ३२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफमा ३–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप आधा दर्जन गोल गर्‍यो ।

पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पूजा रानाले गरिन् । खेलको ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उनले पोस्टको दिशा दिईन् । त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् ।

५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को स्थितीमा पुर्याएकी थिईन् । ८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् ।

जितसँगै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेशमा पुगेको छ । नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३–० को पराजय बेहोरे पनि दोस्रो खेलमा भारतलाई २–० ले हराउँदै छनोटको आशा कायमै राखेको थियो ।

पाकिस्तान पहिलो खेलमा भारतसँग १८–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग समान १८–० ले नै पराजित भएको थियो ।

आजै हुने अर्को खेलमा थाईल्यान्डले भारतलाई हराए पनि नेपाल अन्तिम चरणमा छनोट हुनेछ । यदि भारतले थाइल्याण्डलाई हराए पिनि भारत र नेपालको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा भारतभन्दा नेपाल अगाडि हुनेछ ।

थाईल्यान्ड अन्तिम चरणको पनि आयोजक भएकाले यस समूहको दोस्रो टोली पनि अन्तिम चरणमा छनोट हुनेछ ।

अघिल्लो महिना भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो ।

भारतविरुद्धको खेलमा दुवै गोल गरेकी नेपाली टोलीकी नियमीत फरवार्ड रेखा पौडेलको आज पाकिस्तान विरूद्ध खेलिनन् । लगातार दुई खेलमा पहेंलो कार्ड पाएकी उनी आज पाकिस्तानविरूद्ध बेन्चैमै बसेकी हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!