आफ्नै श्रीमतीको हत्या गरि फरार भएका अनिल परियार पक्राउ परेका छन् ।मौवाबोटे १- खोटाङका अनिल परियारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । गत भदौ १२ गते काठमाडौँको बसुन्धरामा अवस्थित स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरेर अनिल परियार भागेका थिए ।फेसबुकबाट नै चिनजान भएपछि लक्ष्मीसँग भगेर बिहे गरेका परियारले बिहे गरे लगतै काठमाडौँ आएका थिए ।
काठमाडौँ आएपछि स(साना कुरामा झैँझगडा भएपछी श्रीमतीको हत्या गरेको परियारले बताएका छन् ।परियारले उक्त होटेलमा बसेको समयमा झैँझगडा भएकाले आफूले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।श्रीमतीको हत्या गरी फरार भएका परियारलाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरि अनुसन्धान गरेको थियो । उनीहरु गत भदौ १२ गतेदेखि होटेलमा बस्दै आएको भएपनि लक्ष्मीको शव भने १५ गते मात्र बरामद भएको थियो ।