Sunday, November 28, 2021
Home > भिडियो > निर्मला काण्ड: न्याय माग्न जाँदा कन्चनपुर जिल्ला प्रशासनभित्रै एसपी लगायतले निर्मलाका बुबालाई कुटेको खुलासा!(भिडियो सहित)

निर्मला काण्ड: न्याय माग्न जाँदा कन्चनपुर जिल्ला प्रशासनभित्रै एसपी लगायतले निर्मलाका बुबालाई कुटेको खुलासा!(भिडियो सहित)

कंचनपुर,बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तले अझै सम्म न्याँय पाएकी छैनन् । गत साउन १० गते भीमदत्त नगरपालिका १८ स्थित, साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी पन्तको भोली पल्ट घर नजिकैको उखुँबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । त्यस यता कञ्चनपुरमा तनाव सृजना हुँदै आएको थियो । पिडित पक्षले न्याँयका लागि सम्बन्धित सबै पक्षहरु संग हार गुहार मागेकि थिइन ।

उनले गुहार गर्दा पनि न्याँय पाउन सकेका छैनन् । उक्त घटनामा छानबिनमा लापरवाहि गरेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा इन्चार्ज जगदिश भट्ट बर्खास्त गरिएका छन् भने सीआईबीका डिएसपी अंगुर जिसी लगायत अनुसन्धानमा संलग्न अन्य केही प्रहरी निलम्बनमा परेका छन् । निर्मला बलात्कार पछि हत्या प्रकरणको तिन महिना समय बित्नै लाग्दा पनि न्याय नपाएपछि पिडित परिवार निरास बनेका छन ।

पछिल्लो समय कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले जिल्ला प्रसाशन कार्यालयमा मृतकका बुवालाई कुट्न खोजेको, साबित्री सुबेदीले घरमै आएर अपमान गरेको र मृतक परिवारको महिला अधिकारकर्मी संगको असन्तुष्टि लगायत बम दिदी बहिनीको संलग्नताका आधारको बारेमा मृतक पन्तका बुबाआमा (यज्ञराज पन्त र दुर्गादेवी पन्त) संग पब्लिक आवाजले गरिएको बिशेष कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।

भिडियोः

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!