Tuesday, May 18, 2021
Home > अन्तराष्ट्रिय > विदेशमा बढ्दै को’रोना भाइरसको जोखिम, थप ४ जना नेपालीको विदेशमा मृ’त्यु

विदेशमा बढ्दै को’रोना भाइरसको जोखिम, थप ४ जना नेपालीको विदेशमा मृ’त्यु

काठमाडाैँ । को’रोना भाइरस सङ्क्र’मणबाट विदेशमा थप चार नेपालीको मृ’त्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको को’रोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।सङ्घका अनुसार को’रोना सङ्क्र’मणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ ।

उहाँका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप को’रोना सङ्क्र’मण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा को’रोना सङ्क्र’मण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्र’मणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि को’रोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।

अन्त्यमा यसरी जित्दैछन् ओलीले, बन्यो नयाँ योजना
काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्ने राजनीतिक दललाई लागेको थियो अब ओलीका दिन सकिए । तर अहिले दिन प्रति दिन ओली थप शक्तिशाली बन्दै गएका छन् । सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि ओली थप शक्तिशाली बन्दै गएका छन् । प्रधानमन्त्रीकै राजीनामा माग्ने दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन भने नयाँ सरकार गठनको प्रकृया सुरु भएको छैन ।

यो सबै कुराले फेरी पनि ओली बलियो हुँदै गएको संकेत देखा परेको छ । प्रधानमन्त्री ओलीले संसद भंग गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेका थिए । सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक भन्दै पुनस्र्थापना गर्ने फैसला सुनाए पनि फेरी देशलाई चुनावमा लाने प्रयासले फेरि गति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने प्रयास चलिरहेपनि सफल हुन नसकेपछि देश मध्यावधि चुनावतर्फ बढ्ने सम्भावना बढेको हो ।

त्यसका लागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उनको चाहनाकै पक्षमा देखिएका छन् । जसका कारण नयाँ सरकार समिकरणको योजना सफल हुन सकेको छैन ।

कानुनत ओली सरकार बहुमतमा छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारण उनको वहुमत कायम छ । यदि माओवादीले समर्थन फिर्ता लिए मात्र ओली अल्पमतमा पर्छन । त्यसपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसकेपनि ठुलो दलको हैसियतले ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यतिबेला देशलाई संविधान बमोजिम अर्ली इलेक्शनमा लाने अवस्था रहन्छ । अन्तत ओलीकै चाहना बमोजिम मुलुक निर्वाचनमा जाने संकेत देखिएको हो ।

Leave a Reply