Sunday, November 28, 2021
Home > समाचार > भर्खरै आयो प्रधानमंत्री ओलीको अत्यन्तै दुखद खबर

भर्खरै आयो प्रधानमंत्री ओलीको अत्यन्तै दुखद खबर

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उहाँ नआउनुभएको उहाँको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उहाँ उपस्थित हुनुभएको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!