Sunday, December 5, 2021
Home > समाचार > काभ्रेमा पूर्वएआईजी चढेको गाडी दुर्घटनाग्रस्त, २ को मृत्यु, ४ जना घाइते

काभ्रेमा पूर्वएआईजी चढेको गाडी दुर्घटनाग्रस्त, २ को मृत्यु, ४ जना घाइते

काभ्रेपालन्चोक, १० कात्तिक / काभ्रेमा निजी गाडी दुर्घटना भएको छ । ६ जना सवार उक्त गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा पूर्वएआईजी किरण गौतम चढेको बा३च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते ४ जनालार्इ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।काठमाडौ , १० कात्तिक – नेपाली कांग्रेस कञ्चनपुरले पत्रकार महासंघका प्रतिनिधि चढेको गाडीलाई कालोझण्डा देखाएको छ ।शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई कांग्रेसले कालोझण्डा देखाएको हो । कांग्रेसका कार्यकर्ताले सडकपेटीमा उभिएर पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् । बेलौरी महोत्सवमा आयोजकले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई मात्र बोलाएको र पार्टीलाई निम्ता नगरेको भन्दै कांग्रेसका नेता, कार्यकर्ता आक्रोशित बनेका छन् ।

आक्रोशित बनेका कार्यकर्ताले महोत्सवमा आउने सबै आगन्तुकमध्ये पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् ।महोत्सवको प्रमूख अतिथिका रुपमा खानेपानी मन्त्री बीना मगरलाई निम्त्याइएको थियो । उनी कञ्चनपुरकी निर्वाचित सांसद पनि हुन् । दलहरुलाई महोत्सवमा निम्ता नगरेको सूचना पाएपछि मन्त्री मगरले आयोजकलाई पुन पत्राचार गर्न सुझाएकी थिइन् ।

कांग्रेस कार्यकर्ताले मन्त्री मगर चढेको गाडी भन्दै पत्रकारको गाडीलाई कालोझण्डा देखाएपछि स्थानीय आश्चर्यचकित भएका थिए । यसबारे कांग्रेसले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।पत्रकार महासङ्घका कञ्चनपुर नेता राजेन्द्र अवस्थीलाई पत्रकार महासङ्घको गाडीमा कालोझण्डा देखाएको भन्दै आपत्ति जनाएको छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!