Sunday, November 28, 2021
Home > समाचार > ‘अाइजी खनालकै निर्देशन अनुसार सबै काम गरेको हुँ, समय आएपछि सार्वजनिक गर्नेछु’

‘अाइजी खनालकै निर्देशन अनुसार सबै काम गरेको हुँ, समय आएपछि सार्वजनिक गर्नेछु’

१० कात्तिक, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै बिहिबार गृह मन्त्रालयले बर्खास्त गरेका एसपी दिल्लीराज विष्टले आफूले अाइजी सर्वेन्द्र खनालको निर्देशन अनुसारनै सबै काम गरेको बताएको छन ।

उनले नेपालखबरसँग कुरा गर्दै सबै कुराको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई गराएर निर्मला पन्तको घटना अनुसन्धानमा अघि बढेको दाबी गरेका छन । ‘निर्मलाको शब दाहसंस्कार गर्दा मैले चिफ सरसँग कुरा गरेको थिएँ, उहाँले दिएको निर्देशनअनुसार नै काम गरेको हुँ’, विष्टले भने, ‘मलाई कञ्चनपुरबाट अन्त सरुवा गर्ने विषयमा समेत त्यही दिन बिहान चिफ सरसँग कुरा भएको थियो।’

माथिल्लो तहमा रिपोर्टिङ गर्ने कोही नभएकाले आफूले आवश्यकताअनुसार प्रहरी महानिरीक्षक र सचिवालयका सदस्यहरुलाई जानकारी गराएको विष्टले बताएका छ। ‘चेन अफ कमाण्डको समेत कमी रह्यो, बारम्बार चिफ सरलाई फोन गर्न अप्ठेरो थियो’, विष्टले भने, ‘तर फोन गरेपछि उहाँले केही निर्देशन दिनुहुन्थ्यो। सचिवालयका सरहरुसँग कुराकानी भइरहेकै थियो।’

सरकारी सेवामा योग्य हुने र प्रहरीबाट अवकाशपछि पाउने सबै सेवा सुविधा प्राप्त हुनेगरी बर्खास्त गरिएका एसपी विष्टले अध्ययन र छलफलपछि अगामी कदम उठाउने बताए। ‘सबै कुराको अध्ययनपछि आवश्यक पहल थाल्नेछु’, विष्टले भने, ‘अहिले हल्ला गरेर केही हुँदैन, समय आएपछि केही विषय सार्वजनिक गर्नेछु।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!