Tuesday, May 18, 2021
Home > खेलकुद > बधाई छ! सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी घोषित

बधाई छ! सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली, २८ फागुन । सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।धनगढी घर भएकी चौधरीले एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिईन् ।

सर्वाेत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् । यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, ब्लकर एपीएफकी हिरा के.सी, सेटर पुलिसकी कमला पुन, लिब्रो न्यु डाइमण्डकी सलिना श्रेष्ठ, सर्भर प्रतिभा माली र प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए ।उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

प्रभु शाहलाई नारायणकाजीको सरप्राइज
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शहरी विकासमन्त्री प्रभु शाहलाई फोन गरेर पार्टीले खोजिरहेको बताएपछि प्रभु शाह अचम्म परे । बुधवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठककै बीचमा श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् । ‘पार्टीले तपाईंलाई खोजिरहेको छ,’ श्रेष्ठले फोनमा शाहलाई भने । त्यसपछि शाहले कुन पार्टी भनेर प्रश्न गरे । ‘माओवादी केन्द्र नि !

तपाईंलाई पर्खिरहेछ,’ सञ्चारकर्मीकै अगाडि फोनमा बोल्दै श्रेष्ठले भने । पूर्व माओवादी नेता प्रभु शाह यतिबेला एमालेका अध्यक्ष ओलीनिकट बनेका छन् । प्रतिनिधि सभा बैठकपछि ओलीले मन्त्री बनाएका थिए । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद अहिले आफूलाई गौण कुरा भएको बताएका हुन् ।

‘विचार, राजनीति, योजना कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ? उहाँले भनिसकेपछि त विचार छोडियो भने विचलित भइन्छ’ मन्त्री रायमाझीले भने, ‘मेरो अर्थमा सांसद पद गौण भा’छ अहिले । सांसद पद बचाउन हामी हिंड्ने पक्षमा छैनौं ।’ सर्वोच्च अदालतकाे फैसलाले एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन् । माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्युँतिएपछि एमालेतिर लागेका हुन् ।

मन्त्री रायमाझीले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था पनि नरहेको बताए । उनले भने, ‘प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक प्रतिशत पनि छैन ।’

Leave a Reply