Sunday, June 20, 2021
Home > समाचार > भर्खरै त्रिभुवन विमानस्थलबाट आयो यस्तो सुन्दै अचम्म लाग्ने खबर

भर्खरै त्रिभुवन विमानस्थलबाट आयो यस्तो सुन्दै अचम्म लाग्ने खबर

नवलपरासी, ३० चैत । कतारमा ज्यालामजदुरी गरेर चार वर्षपछि घर फर्किएका एक नेपाली विमानस्थलवाट बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ प्रर्सौनीका २५ वर्षीय गोविन्द घिमिरे विमानस्थलवाट बेपत्ता भएका हुन् । गत फागुन ११ गते कतारबाट हिमालय एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । उनी फर्किएको ५० दिन नासिक्दा पनि केही खबर

नभएपछि उनका परिवार चिन्तित भएका छन् । परिवारले उनी अपहरणमा परेको हुनसक्ने आशंका गरेका छन् ।दाजु निलकण्ठसंगै चार वर्ष अघि कतार पुगेका उनी दाजु फर्किए पछि एक्लै बसेका थिए । यती मेनपावर कम्पनीमार्फत उनी कतार पुगेका हुन् । उनी विदेश बस्दा परिवारलाई पैसा पठाएका थिएनन् । उनीसंग चार वर्ष सम्म कमाएको सबै पैसा भएकाले अपहरणमा परेको हुनसक्ने परिवारका सदस्यको अनुमान छ ।

अपहरणमा परेको हुनसक्ने आशंकामा खोजतलासका लागि परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय कावासोती, अरुणखोला र चोरमारा प्रहरी चौकी र महानगरीय प्रहरी कार्यालय गौशालामा निवेदन दर्ता गरेका छन् । तर अहिले सम्म उनको अवस्था थाहा हुन सकेको छैन ।

उनीसँगै काम गर्ने सर्लाहीका सोनेलाल दासलाई जिल्ला प्रहरी कार्यालयले सोधपुछ गरेको छ । दासले सँगै आएको र ऊ तिलगंगाबाट छुट्टिएको प्रहरीलाई बताएका छन् ।

उनी कतारमा रहँदा पनि घरमा त्यति धेरै सम्पर्क गर्दैनथे । परिवारले मेनपावर कम्पनीका सञ्चालक मोहन दाहालमार्फत सम्पर्क गरेर सन्चो–बिसन्चो थाहा पाउँदै आएका थिए । दाहालले उनका छोरा १५ दिन अघि नै काठमाडौं आइसकेको बताए पछि बाबु छोरा खोज्न काठमाडौं पुगेका बताएका छन् । प्रहरीले भने चार वर्ष विदेश बस्दा परिवारका सदस्यसंग सम्पर्कमा नआउनु नै उनको गतिविधि शंकास्पद भएको जनाएको छ ।

कतारमा उसका साथीसँग सम्पर्क गर्दा अत्यधिक मदिरा सेवन गर्ने र पैसा नबचाएको जानकारी प्रहरीले पाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!