Thursday, April 15, 2021
Home > समाचार > डेढ महिना भित्र पार्टी पुनः मिल्ने पुर्व मन्त्रीको खुलासा

डेढ महिना भित्र पार्टी पुनः मिल्ने पुर्व मन्त्रीको खुलासा

नेकपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद लालबाबु पण्डितले नेकपाको विभाजनमा आफू कुनै समूहमा नलागेको स्पष्ट पारेका छन्। पण्डितले आफू पार्टी एकताको लागि लागिरहेको बताए। ‘म अहिले पनि पार्टी एकता सम्भव छ भनेर लागिरहेको छु। किनकी पार्टी अझै विभाजन भएको छैन।

२०७७ सम्म पार्टी एक हुन्छ भनेर मेरो ब्रह्मले भनेको छ,’ उनले भने, ‘अहिले पनि म प्रधानमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव रोक्न लागिरहेको छु। रोक्न सकिएन भने त्यसपछि मात्रै मैले निर्णय लिन्छु।’ कुनै पनि समूहले बोलाएको संसदीय दलको बैठकमा आफू नजानेसमेत उनले स्पष्ट पारे। ‘म २२ गते बोलाइएको ओली समूहको संसदीय दलको बैठकमा पनि जादिनँ,’ उनले भने, ‘ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल उपस्थित भएको बैठकमा मात्रै जान्छु।’

योगेश र ईश्वरको जम्काभेट यस्तो!

अस्पतालको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनले दिएको २ वटा टेन्ट राखिएको थियो । जहाँ संघीय संसदका सांसदहरु तथा कर्मचारी कोरोना विरुद्धको भ्याक्सिन लगाउनका लागि नाम दर्ता लाइनमा उभिएका थिए । नाम दर्ता गरेकाहरुलाई टेन्टभित्र स्वास्थ्यकर्मीले बायाँ पाखुरामा भ्याक्सिन लगाइरहेका थिए ।

प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबार संघीय संसदका सांसदहरु तथा कर्मचारीहरुलाई ‘कोभिसिल्ड भ्याक्सिन’ दिने कार्यक्रम राखिएको थियो । ३ दिनसम्म चल्ने भ्याक्सिन दिने सो कार्यक्रमको पहिलो दिन सरकारका उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल पनि भ्याक्सिन लगाउन पुगेका थिए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, नेकपा प्रचण्ड नेपाल समूहमा दुबै अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले उनीभन्दा पहिल्यै खोप लगाएर फर्किसकेका थिए ।

अस्पतालको प्राङ्गणमा राखिएको २ वटा टेन्टमध्ये एउटा टेन्टमा दर्ता गर्ने र खोप लगाउने काम भइरहेको थियो भने अर्को टेन्ट खोप लगाएपछि आराम गर्न सांसद तथा मन्त्रीहरुलाई छुट्टाइएको थियो । स्वास्थ्यकर्मीहरुले खोप लगाएपछि सांसदहरुलाई आधा घण्टा आराम गर्न भनिरहेका थिए ।

Leave a Reply