Thursday, April 15, 2021
Home > जीवनशैली > कृष्णमाया भन्छिन् ‘मलाई करणी गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

कृष्णमाया भन्छिन् ‘मलाई करणी गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते ब’ला’त्कृ त भएकी पीडित कृष्णमाया उप्रेतीले न्यायको माग गरेकी छिन् । आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उप्रतीले अझैसम्म पनि आफुले न्याय नपाएको भन्दै मिडियामार्फत न्याय मागेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित उप्रेतीले आफु घरमै भएको समयमा विवाहित पुरुषबाट ब’ला’त्कृ त भएको बताइन् । उनले भनिन्,‘आजसम्म मैले न्याय पाएको छैन् ।’ उनले ब’ला’त्कृा र पछि ती पुरुष फरार भए पनि अहिले भने जेलमा रहेको जानकारी दिइन् ।

उनले हालसम्म क्षतिपुर्ति बापत ३५ हजार रुपैयाँमात्र समाज कल्याण परिषद्बाट लिएको जनाईन् । उनले भनिन्–‘मलाई उसको आधा सम्पत्ति दिनुपर्छ ।’ अदालतले समयमा न्यायको कदम नचालेर आफ्नो कुरा राख्न नदिएको समेत गुनासो गरिन् । पीडित उप्रेतीले न्यायको लागि धेरै ठाउँमा गएपनि कतैबाट न्याय नपाएको उल्लेख गर्दै अहिले सर्वोच्चमा आधा सम्पत्ति पाउँ भनि मुद्दा दिएको बताईन् । उनले आफ्नो गोपनियता कायम राख्दै ७ वर्ष बित्दापनि कुनै अदालतमा गएर म पीडित भनेर बोल्न नपाएको दुःखेसो पोखिन् ।

उनले ब’ला’त्कृा रबाट पीडित महिलाले पीडकको आधा अंश पाउने व्यवस्था भएकोले सोहीअनुरुप माग गरेको पनि कार्यक्रममा स्पष्ट पारिन् । ‘कानुनले व्यवस्था गरे अनुसार मलाई आधा सम्पत्ति दिनुपर्छ’ उनले भनिन्–‘म अविवाहित महिला हुँ, आज उसकै आधारले मेरो जिन्दगी बर्वादी भएको छ ।’

अपराधी बेपत्ता भएको भन्दै अदालत पन्छिएपछि काठमाडौं आएर अनुसन्धान ब्युरोमार्फत आँफैले पीडकलाई पक्राउ गर्न सफल भएको पनि उनले जानकारी दिईन् । उनले अदालतले यसअघि गरेकोे झुटो फैसला हो भन्दै ‘अब सर्वोच्च अदालतले त्यस्तो खालको त्रुटिपुर्ण फैसला नगरोस्’ भन्ने आग्रह गरिन् । उनले भनिन्,‘सबै कुराको अनुसन्धान गरेर मात्र फैसला गरोस् ।’

Leave a Reply