Tuesday, March 2, 2021
Home > समाचार > रबि लामिछानेको ग्यालेक्सी 4Kमा रमेश प्रसाइले पनि कार्यक्रम चलाउने, अरु प्रस्तोता कोको छन् ?

रबि लामिछानेको ग्यालेक्सी 4Kमा रमेश प्रसाइले पनि कार्यक्रम चलाउने, अरु प्रस्तोता कोको छन् ?

काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले नयाँ टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’ ल्याउने घोषणा गरेका छन् । राजधानीको तारे होटल म्यारिअटमा उनले टेलिभिजन लन्च गरे ।पत्रकार सम्मेलनमा टेलिभिजनले प्रसारण गर्ने लाइनअप पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता राजेश हमालले होस्ट गर्ने ‘को बन्छ करोडपति’ देखि दीपकराज गिरीको ‘क्राइम प्याट्रोल’ सम्म छन् ।सामाजिक अभियन्ता रमेश प्रसाइँले ‘लाल मोहर’ नामक टकसो चलाउने भएका छन् ।

आफ्नो टकसो नेता केन्द्रितभन्दा भुइँमान्छे लक्षित हुने उनले बताए । विगतमा एपीवान टिभीमा प्रसारण भएको को बन्छ करोडपछि अब ग्यालेक्सी टिभीमा प्रसारण हुने भएको छ ।हमाल र गिरीले आफूहरुले संचालन गर्ने कार्यक्रमको पोस्टर अनावरण उक्त अवसरमा गरे । राष्ट्रिय आविष्कार केन्द्रका संचालक डा. महावीर पुनले इनोभेसन सम्बन्धी कार्यक्रम होस्ट गर्ने भएका छन् । उनकी व्यवस्थापक मीरा पोखरेलले यो कार्यक्रमले बैज्ञानिक उत्पादन गर्ने जानकारी दिइन् ।

इन्दिरा जोशी, न्यूह बज्राचार्य र कालिप्रसाद बाँस्कोटा निर्णायक रहने सांगीतिक रियालिटी सो ‘सारेगमाप लिटल च्याम्पियन’ पनि प्रसारण हुने भएको छ । लोकतन्त्रवादी कविको छवि बनाएका नवराज पराजुलीले ‘फरेभर’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । ‘यो नरम र कोमल कार्यक्रम हो’ पराजुलीले भने, ‘संसारमा कोमलता बचाइराख्न यो कार्यक्रम ल्याउनुपरेको हो ।’लामिछाने स्वयमले चलाउने कार्यक्रमको नाम चाहिँ ‘सीधा कुरा’ हुने भएको छ ।

यसअघि न्यूज२४ मा ‘सीधा कुरा जनतासँग’ चलाएका उनले सोही नाम अनुसार ‘सीधा कुरा…’ चलाउने घोषणा गरे । सीधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रमको अवधारणा अनुसार यसलाई चलाउने उनले जनाए ।जनताको मु’द्दालाई यही कार्यक्रमबाट निरन्तरता दिने लामिछानेले जनाए । साथै, नेताको खोजी गर्ने कार्यक्रम ‘द लिडर’ पनि प्रसारण गरिने भएको छ ।

स्वदेश तथा विदेशमा अडिसन गरिने भनिएको कार्यक्रमबाट समाजमा सक्षम नेताहरु ज’न्माउने होस्ट लामिछानेले घोषणा गरे । यो कार्यक्रम प्रसारण हुन केही समय लाग्ने उनले जनाए ।यसबारे बैशाखपछि थप जानकारी गराइने भएको छ ।‘कामका कुरा’ कार्यक्रम पनि प्रसारण हुने भएको छ ।टेलिभिजन लन्च समारोहमा राजेश हमाल, नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, केदार घिमिरे लगायतका सेलेव्रिटी पनि सहभागि थिए । उक्त प्रे’समिट कुनै स्टारहरुले भरिएको एउटा प्रिमियरजस्तो देखिएको थियो ।

गोरखा मिडिया नेटवर्कद्वारा संचालन हुने टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको रुपमा रहनेछन् । उनको टीममा न्यूज२४ छा’डेका पत्रकार प्रमोद न्यौपाने लगायत छन् । टेलिभिजन आगामी बैशाखसम्म लन्च गर्ने तयारी छ ।चर्चित टेलिभिजन कार्यक्रम संचालक विजय कुमारले पनि ‘सम्बन्ध’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । उनले आफूलाई ‘द विजय कुमार’ भन्ने सम्बोधन मन नपर्ने बताउँदै उनले जनताको दुःखलाई समेटेर कार्यक्रम चलाउने बताए ।‘जनतालाई सर्वोच्च अदालतको फैसलाको पनि अर्थ छ र आम जनताको दुःखको पनि अर्थ छ’ विजयकुमारले भने । उनले यसैवर्ष ‘सम्बन्ध’ नामक पुस्तक पनि प्रकाशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *